Skip to main content

Posts

Showing posts from November, 2020

सम्मोहन

 " ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर  कस्केलि  भन्थे सबै जनाले।  कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो। " घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।  "ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। माद