Skip to main content

Posts

Showing posts from March, 2020

रहरको शहर

लाहुरे बाका किस्सामा मात्र सुनेको थिए शहर ,देखेको थिइन ।बा भेैसिलाइ माटेको दबै किन्न शहर जानू पर्ने भयो,आमासग अगिल्ला रात देखिनेेै अरल्न थालिसकेको थिए,बाले भने पहिले नै पर्दैन भनेर झपारि सकेका थिए।अोदानोको छेउमा बसेर सुक्क सुक्क रुन थाले पछि आमाको मन न हो के मान्थ्यो।राति आमाले फकाइन , कुन्नि के के भनिन् बा भने कस्तो शनिस्चरे छोरो पाइस ए राड भन्दै कराउदै थिए।बिहान सहर जाने भए,तोरिको तेल लाएर,छड्के सिउदो पारेर कपाल कोर्दिन आमाले।निलो स्कुलको कमिज लगाए ,पेटमा खल्ति भाको फिता वाला पइट पनि उने।सन्सार जिते झै भान हुँदै थियो।हर्के काकाले लाहुर बाट ल्याइदिएका चप्पल लाउन बाहाना नपाएर कत्रो सकसक भाथ्यो ती पनि लाए।बा भन्दा अगि छुट्टै वेगले हिडे।बाटैको घरमा  मकै छोडाउन लाकि सपनालाई देखे सुनाइहाले"सपे ,म त सहर हिड्या ,हाम्रा बाख्रा नि हेर्दे है" डाहाले हेरि एक पटक "के ल्यादिन्छस् "भनेर आश गर्दै शोध्दै थि म कहाँ हुकिसकेको थिए।मोटर चढ्न 3 घन्टा हिड्नु पर्थ्यो,अोरालाका सिडि फिड्किदै दकुरे बा लड्लास साइदुवा भन्देेै कराउदै थिए।मनको उमङग सेलाउने वाला थिएन तर खुट्टाका जोस सेलाए।बाले उ

मैले देखेको फागुपुर्निमा

आमाले पुजा गर्न राखेका अवीर केशरि सुटुक्क चोरिन्थयो,एक हप्ता अगि नै बासको पिच्कारि बनाइदिन बा सग लडिबुडि गरिन्थयो,मकैका सुत्लामा हाडिको कालो  भित्र चोर खल्तिमा लुकाएर राखिन्थयो,डाडे गरामा सबै जम्मा हुन्थे ,ती निश्चल केटाकेटिलाइ न यौन दुर्व्यबहारको पिर थियो न मौका छोप्ने दाउ,बस् रङ सगै खुसि साटिन्थ्यो,जाडोमा नुहाउन नसकेका कलेटि पखालिन्थे,कट्टि खाएका साथि हरु मिसिरि दिएर फकाइन्थ्यो,होलि भनेर सुनेथेनम्,फागु पुर्निमा सानो हुदा  बेग्लै उमङगको हुन्थ्यो।।