लाहुरे बाका किस्सामा मात्र सुनेको थिए शहर ,देखेको थिइन ।बा भेैसिलाइ माटेको दबै किन्न शहर जानू पर्ने भयो,आमासग अगिल्ला रात देखिनेेै अरल्न थालिसकेको थिए,बाले भने पहिले नै पर्दैन भनेर झपारि सकेका थिए।अोदानोको छेउमा बसेर सुक्क सुक्क रुन थाले पछि आमाको मन न हो के मान्थ्यो।राति आमाले फकाइन , कुन्नि के के भनिन् बा भने कस्तो शनिस्चरे छोरो पाइस ए राड भन्दै कराउदै थिए।बिहान सहर जाने भए,तोरिको तेल लाएर,छड्के सिउदो पारेर कपाल कोर्दिन आमाले।निलो स्कुलको कमिज लगाए ,पेटमा खल्ति भाको फिता वाला पइट पनि उने।सन्सार जिते झै भान हुँदै थियो।हर्के काकाले लाहुर बाट ल्याइदिएका चप्पल लाउन बाहाना नपाएर कत्रो सकसक भाथ्यो ती पनि लाए।बा भन्दा अगि छुट्टै वेगले हिडे।बाटैको घरमा मकै छोडाउन लाकि सपनालाई देखे सुनाइहाले"सपे ,म त सहर हिड्या ,हाम्रा बाख्रा नि हेर्दे है" डाहाले हेरि एक पटक "के ल्यादिन्छस् "भनेर आश गर्दै शोध्दै थि म कहाँ हुकिसकेको थिए।मोटर चढ्न 3 घन्टा हिड्नु पर्थ्यो,अोरालाका सिडि फिड्किदै दकुरे बा लड्लास साइदुवा भन्देेै कराउदै थिए।मनको उमङग सेलाउने वाला थिएन तर खुट्टाका जोस सेलाए।बाले उचालेर काधमा हाले ,मधु मिसले भनेझै शिसिरको घोडा चढेर सन्सार जित्ने उमङग आउदै थियो।अहिले याद आउछ बाको टोपी च्यातिएर दुलो पर्याथ्यो भनेर,तेति बेला त बाले मलाइ समात्न बनाको होला सोच्थे,बेग्लै समय थियो बचपन गरिबि ,दु ख छुटिन्थेनन्।सब थोक रमाइलो लाग्थ्यो।अनि सुरु हुन्थे मेरा नादान ,उत्सुक प्रश्नहरु"बा घाम किन रातो:तेरि आमाले पोतेकि,हिजो रातिको जुन खै बा:जुन दिउँसो सु्छ नि लाटा,जमदार बा लाई सबले नमस्कार गर्छन तिमिलाइ किन गर्दैनन बा,ती सग धेरै पैसा छ रे नि,पैसा भाको मान्छेलाई मात्र नमस्कार गर्ने हो बा?,म नि पैसा कमाउछु तिमलाइ दिन्छु अनि तिमलाइ नि नम्सकार गर्छन सबले।"मेरा यस्ता प्रश्नमा भने बा निरउत्तर हुन्थे।मोटर भनेसि हुरुक्कै हुने झन पारि डाडा मा भन्ज्याङ जाने बस दिनको एक पटक देखिन्थ्यो एक घन्टा कुरेर हेर्थे ।बडो अजीव लाग्थो कस्तो चिज हो भनेर,डाइभर दाइले अगाडिनै राखिदिए,अब म मेरो कल्पित सपनामा पुगिसकेको थिए,जिन्दगिमा त्यो भन्दा बडि खुसि आज सम्म हुन सकेको छैन।त्यो बाटो हेर्दै ,छेउकि राम्रि गरुमसेनि दिदिलाइ यो के हो सोध्दै,मोटरमा चढेसि त रुख घर सब हिड्न सक्दा रेेैछन है भन्दै कति बेला ती दिदिको काखमा निदाएछु था पाइन,अहिले कस्ता कस्ता आरामदाइ डिलक्स बस मा बस्दा नि निद्रा नलागेर छटपटि हुन्छ।म तेति बेला निदाएर मैले मेरा कति खुसिका पल गुमाए झै लाग्छ।सहर पुग्दा रात परिसकेको थियो।सहरमा मीत बाको घर थियो ,मलाइ निन्द्राकै तालमा कति बेला त्य पुर्याए भन्ने चाइ म लख काट्न सकिन।...क्रमश।
ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छो...
Comments
Post a Comment