Skip to main content

आमालाइ चिठि


ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc  काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छोराले कतार आएर पैसा कमाकै देखेर हो म यता आको।तर आमा यहाँ त भेडा अनि भेडा हेर्ने भेडा भाको छु।कहिले काहीँ पानी खान पानी पाइन्न,तिम्ले गालि गर्दा गर्दै पनि त्यो चिसो इदि खोलामा पौडि खेलेको खुब याद आउछ।बा त कस्ता थिए नि याद छैन,मलाइ हलो समाउन सिकाउने चेते बुढालाइ नि रुबेला ले लग्यो रे।खुब रमाइला थिए बुडा,कतारबाट आउदा ए बोतल बिदेशि झोल ल्याइदिन्छु भनेर वाचा गरेको थिए।कमिज भरि दमौरा बोकेर ल्याउने त्यो फुच्चे बिनोद नि मावोबादि भन्दै बन्दुक बोकेर हिड्छ रे।मलाइ साह्रै याद आउछ आमा तिम्रो पोड्का भित्र अटाउने मेरो खुसि,मलाइ साह्रै याद आउछ कन्छि बेसिबाट के ल्याइस भन्दै चन्चल हुने आखा,मलाइ साह्रै याद आउछ त्यो हाम्रो बारतालि बाट देखिने छितिज र छितिजमा लुकेको मधुर  उज्यालो।मलाइ साह्रै याद आउछ त्यो सुसाइ रहने मादि,त्यो बोलाइ रहने पाइडाडा,त्यो हासिरहने हिमचुलि हिमाल,त्यो पसिना बसाउने तिम्रो मोत्रो,त्यो काली हाडि भित्रको मेरो ब्यन्जन,त्यो लय निकालने पाखुरिको हागो,मालाइ सबै धैरै याद आउछ आमा।।
उहीँ तिम्रो छोरा
सन्तोस।

Comments

Post a Comment

Popular posts from this blog

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

एकोहोरो

सुर्य दिन भर रिसाएर भर्खर सेलाएर पहेला हुन लागेका थिए।हामी हिडेको 10 घन्टा भैसकेको थियो,हिमान्सि त झन थाकेर लखतरान परेकि थि,उसको कपाल पसिनाले भिजेर गालामा टासिन लागेका थिए।बिछट्टै राम्रि थेखिइ सेतो अनुहारमा रगतको तेजले गाला राता हुँदै गर्दा, अझ हावाले कपाल हल्का उडाइदिदा,गोला आखा ठुला पार्दै चिल्ला अोठ खोलेर सेता दात देखाएर मुसुक्क हास्दा साच्चै नै परि देखिइ ऊ। मेरै नजिक आएर तन्किदै अगालो हाल्न खोजि सकि नसकि। “oh god,म त यहाँ भन्दा बडि हिड्न सक्दिन है”लामो खोइरा तान्दै ऊसले भनि। “अनि trek पनि गाडिमा सुतेर हिड्छ्यौ त गुन्द्रुके।”मैले पनि प्यारो पार्दै उसलाइ जिस्काए। तीन बर्स भैसकेको थियो हामी भेट भएको काठमान्डू मा कलेज पढ्दा देखि।ऊसका बुवा आर्मिका जर्नेल थिए,उसका हजुर बुवा हरु त झन् राणाहरुको निकै नजिक थिए रे।एकचोटि गएको थिए उसको घर ,नेपाल को ईतिहास देखेर आए बाबै। “नजिकै छ रे के गाउ,होमस्टेमा मैले खवर गरिसक्या छु।” उसको हात समातेर घिच्याए उसलाइ।सकिनसकि उ पनि हिडि।डाडाको चौतारोमा पुग्यौ,ठुला ठुला छपनि अोछ्याएर,वर र पिपल सगै नारिएर बसेका थिए।लाग्दै थियो वरको धृणतामा पिपल अगालिएकि छिन,हेर्...

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म ...