Skip to main content

गलैंचि

 



पहेलो फुुल, फिरफिरे झेै घुुम्दै कपाल मा झर्यो। कपालमै गुटुमुटु हुन खोज्यो, मेरा गुन्द्रुक कपाल,फुुललााइ झन लुकाउन खोज्दै थिए तर भेेटाइहाले। गलैंचिको फुुल, फेेरि जसले पनि देख्ना साथ नाकमै पुर्याइ हाल्ने।बासना नै तेस्तै छ त मोरोको, मेरो के दोश। नाकले छिच्याउदै,फुुल भित्रै लगेर एक लामो सास फेेरे।

"यो फुुलको सबै बासना नसकाइ छाड्दिन।" मनमनै सोचे। मेरा काला,काला हातमा त्यो फुुल हास्दै थियो,

म तिर हेर्दै ," त भन्दा कति राम्रो छु ,देखिस््!!" यस्तै भन्दै थियो पक्कै।


" कस्तो छुच्चो, म पनि राम्रि छु" भनेर एकछिन त बाज्थे होला त्यो सग मिल्ने भए।

मेरा हजुर बुवाले कश्मिर बाट ल्याउनु भएको रे, यो गलैंचिको बोट, सन्सार मध्येकै जेठा गलैंचि मा पर्छ होला। पोहोर चेैतमा यसका दुइबटा हागाले साथ छोडेका, बुबा सम्म अााइपुुग्दा यसले फेदमा सिमेन्टको नया बैसाखि भने पाएको छ। बोटमा चढ्न सबैलाइ मैले मनाहि नै गरिदिएको छु, हागा बुढा भैसकेका छन।

 मैले भने गलैंचिले अाफेै " रोटेले टोकेर पात दुखाए " भन्दा उक्लेर घबाइदिन्थे।समग्रमा भन्दा यो गलैंचिको बोट एकदम प्यारो थियो,मेरा लागि। ती फुुल त झन साना छाउरा झेै लाग्ने,ती पनि उस्तै थिए फेेरि, सेतो र पहेला छिरविरे बच्चा जस्ता देखिन्थे।



घर भन्दा माथिल्लो दौरमा थियो ,हाम्रो गलैचि। वरिपरि दुबोको चौर थियो ,गाउका सबै बच्चा बच्चिलाइ थााहा थियो त्यो चौरमा गए गालि खााइन्छ भनेर,म सग प्राय सबै जसो डराउथे , मैले कसैलाइ त्यस्तो गालि नै भने गर्थिन । मेरो बोली को प्रभावले होला सायद,मलाई छुच्चि ,दुष्ट सोच्थे ,मलाइ फरक पनि पर्थेन। दिउँसो कलेज जान्थे,साझ बेलुकाको खानाको तयारि सकाइ वरि आमालाइ बुझाएर, माथि निस्किन्थे।मेरा साथिहरु पनि खास्सै थिएनन,गितार ,डाएरि, कुनै उपन्यास अनि पानी बोकेर पुग्थे मेरो गलैचि मुनि। फुर्र झरिहाल्थे गलैंचिका फुल, दिन भर मेला गएर आएकि आमालाइ वर्सौटे छोराछोरि झुन्डिए झै गरि। म सधै झरेका सबै फुल हरु बटुल्थे,सके सम्म त फुलका सबै बसना सुघेर सकाउन खोज्थे। छुट्टै प्रेम थियो , मेरो साथि थियो, सजिव नै थियो तर पनि उत्तरदायी थिएन मेरो गलैंचि।  


🎶 म त सुन्यतालाइ साथि बनाइ,एकान्तमा टोलाइ बस्छु....🎶

 यस्तै गुनगुनाउदै अाफ्नै सन्सारमा हराउदै थिए, 

"सरभ्या" कोहि चिने जस्तो तर बानि नपरेको आवाजले बोलायो।झस्किदै उठे,नाडिमा भएको रबरले कपाल समेल्न खोज्दै नियाल्ये।

"अनिरुध...." चर्को आवाजमा चिच्याए, उसको 'मिलियन डलर स्माइल' मा सुहाएको त्यो डिम्पलले मलाइ नरभर बनायो।फरक्क पछाडि फर्किए,लाज लाग्यो, मलाइ देखे भन्केर हिड्ने लाज आज मलाइ भुतुक्कै बनाउदै थियो।कपडा उहीँ उनिको सुइटर र लामो जामा थियो,आफैले सिलाएको," हिजै धोएर लाएको कुर्था टागा मै थियो किन लगाइन के",मन मनै भुनभुनिए। अनिरुध हिडेर म तिरै आयो, सेतो कमिज,खैरो प्यान्ट,सेता सुकिला जुत्ता,गोरो,हल्का जुगाका रेखि मात्र बसेका,सप्रिएका पाखुरा, सन्सारका 'अल्फा मेल' मध्येको एक थियो अनिरुध।

"कैले आयौ,लन्डनबाट" मेेैले हडबडाउदै सोधे।

" तैले ,अब मलाइ तिमी भन्न सिकिस हैन 

च्याखुरि" रुप फेरिए पनि बेहोरा के बद्लिन्थयो।

" त अब सभ्य ठाउबाट आएकालाइ आदर चाहिने हो कि भनेर नि" बल्ल मेरो हासो खुल्यो।

"यार,तेरो हासो कस्तो प्यारो हो के,मलाइ खुब याद आउथ्यो, तेरो हासो।" दुई हातले मेरा गाला तान्दै भन्यो।

" जा छुच्चो, एक कल फोनले सम्झने हैन,किन ठुला कुरा" मैले उसका हात गाला बाट छुटाउन खोजे,उसका हात मेरा गालाबाट छुटे तर मेरा हात उुसका हात बाट छुट्न मानेन्।


कति रात अनिरुधको हात समातेर मेरो गलैंचि मुनि ,झम्के साझमा उसलाइ हेरिरने कल्पना गरेको थिए, आज पूरा हुँदै थिए, फेसबुकमा उसले राखेका फोटा सेभ गरेर ग्यालरि भरि थिए,उसलाइ नजिकबाट नियालेर उसका  आखामा आफुलाइ खोज्ने मेरा इच्छा आज पूरा हुँदै थिए। साच्चै नै म उसलाइ देखेको इ 10 मिनेट मैले थाहा पाए सम्मकै मख्ख थिए। उसलाइ  पेट भरि हेर्न मन थियो,अनिरुध मैले देख्न सक्ने गरि थियो,मेरा आखा  उत्तेजित थिए, उसलाइ हेरिरन चाहान्थे र हेरिरहे पनि।


सिमेन्टिको गलैंचिको फेटमा टेकेर अनिरुध बुरुक्क उफ्रियो,फुल टिप्ने मनसायले थियो होला, एउटा हागा समातेर जमिन तिर फडाल्यो। पड्याक्क... चर्को आवाज आयो,गलैचिको सबभन्दा ठुलो हागा भाचिएर भुइमा झर्यो।रुखमा भएका प्राय जसो सबै फुल भुइमा झरेर बिलौना गर्न लागे । मलाइ असह्य भैसकेकि थियो, 

" सरि है कान्छि" उ हास्दै म तिर आयो, उसको हातमा मिचिएर, थलिएको, पाच मध्ये एक पंखुडि चुडिएर थोते भएको फुल लिएर म तिर आयो,मेरो पछाडि तिर पुगेर काटाले त्यो फुल च्यापदियो। अगाडि आएर निच्च हास्यो ,  मैले त्यो भन्दा नराम्रो हासो आज सम्म महसुस गरेको थिइन।मेरो रिस मेरो अनुहार मा देखिइसकेको हुनु पर्छ, उ भचिएको हागा नीर पुग्यो, हागाको फेदलाइ लात्तिले टेकेर फेरि हास्यो।

" जाबो यो हागा भचिएर नि किन रिसाइकि हो फेरि यो गुन्द्रुके" मलाई झन जिस्कायो।

मलाइ असह्य भयो, उ तिर हान्निदै पुगे,

उसको सर्टको कलर समातेर ए चड्कन लगाए ,

" तेरो मन मा माया भन्ने चिज इत्ति पनि छैन??" मेरो रिसले सहनसिलता नघिसकेको हुनु पर्छ। उ राता आखा पारेर मलाई घकेल्यो,

"i came all the way for you and this is what i mean to you" अङ्गेजिमा यति भन्यो अनि सरक्क निस्केर गयो। मेरो रिस मर्यो तर उसलाइ रोक्न ढिला भैसकेको थियो ,भुइमा थुचुक्क बसेर एकछिन रोए,दुई तीन वटा फुल फकाउन सिउधो मा आएर बसे।उठेर सबै सफा गरे, भाचिएको हागालाइ छेउमा राखे,अबेर भेैसकेको थियो,मुख धोएर खाना खाएर बेडमा पल्टिए। ग्लानि हुँदै गयो , अनिरुध लाई सरि भन्छु भनेर फेसबुक खोले, नोटिफिकेसन रहेछ,  your favourite anirudh thapa added a day tap to reply. हतार हतार खोलिहाले, 

"  so many heart less people out there, today lesson learnt : should have stayed away" 

 उसको यो डे देखेर फोन को screen मा आसु चुहिन थाले, आशुले स्कृन ग्लिच भएछ, हाहा इमोजि रिप्लाइ भयो। हतार हतार डिलिट गर्न खोज्दा खोज्दै सिन भेेैहाल्यो, सरि झुक्किएर हो भनेर म्यासेज गर्न खोज्दा खोज्दै म ब्लक भेसकेको थिए।।


Buy Products at 5% off from Durbarmart

https://durbarmart.com/collections/soap-and-shampoo?ref=off5

Comments

Popular posts from this blog

आमालाइ चिठि

ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc  काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छो...

सम्मोहन

 " ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर  कस्केलि  भन्थे सबै जनाले।  कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो। " घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।  "ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। माद...