Skip to main content

Posts

पलायनवाद

 माझिकुनाको रेस्टुराँमा आउदै फर्किदै गरेका छाल हेर्दै टोलाउदै थिए,ती छाल कहिले साना साना माछाहरु पाहुना बोकेर किनारा सम्म ल्याइदिन्थे तर नलिइ फर्किन्थे,बिचरा माछाहरु धोका महसुस गर्थेनेन् जसोतसो पुगिहाल्थे तिनै छाललाई पछ्याउन। मौसम खुलिसकेको थिएन ,पुसको महिना घरि घरि हुस्सु घेर्न आइरहन्थ्यो,मेरो अगाडिको चिया देखेर झस्किन्थ्यो , सुर्य चुरोट निकाले बालेर लामो सर्को तानेपछि हुस्सु मसग रिसाउदै भन्केर भाग्थ्यो।म मुसुमुस हास्थे त्यो cylimdrical चुरोट वोल्टाइपल्टाइ हेर्थे फेरि लामो चुम्बन दिन्थे, मलाइ  चुरोट को चुम्बनको चाहाना   त्यस्तो नौलो त थिएन तर पनि त्यो चिसो पलको चुम्बन अलग थियो ,सायद यौन स्खलन हुने बेलाको चुम्बन हुनु पर्छ। भित्रै सम्म आन्नद दिने गरि न्यानो दिदै थियो , मसग चिपिक्क चप्किरहने ती महङ्गा ज्यागेट २० रुपेको  चुरोट सग डाहाले जलिरहेका थिए। यस्तै बकम्फुसे कुरामा  बहकिदै थिए समीर को म्यासेज आयो।  ` बेबस्,कहाँ छौ , तीन घन्टा भैसक्यो अनलाइ नआएको ,कहाँ गैकि? ´ समीर सारै इनसेकुउर थियो, दिनहुँजसो कुरा हुन्थ्यो, प्रेम सम्बन्धमा बसेकै 4 बर्स भैसकेको थियो, कलेज सगै पढेका थियौ ,मरिहत्ते ग
Recent posts

सम्रीद्ध नेपाल सुखी नेपाली

हामि नेपालिलाइ खुसि हुन खास्सै ठुलो कुरा चाहिदैन। बास्तबमा हामी बाट बिश्वले प्रेरणा लिनु पर्ने हो। हामी भुइचालो जादा NTC को फ्रि कल मा रमाइदिन्छौ,बिदेशि त्रिपाल मा धान सुकाएर रमाइदिन्छौ। नाकाबन्दि हुदा बसको छतमा बस्न पाएर खुसि भइदिन्छौ। कोरोना आए घरमा म:म  पकाएर रमाइदिन्छौ। हामी खुसि हुनमा पि.ह्याच.डि गरेका छौ। कसेेले घुस खाए रे भन्दा 70 करोड भन्दै हासेर उडाउने मौका छाड्दैनौ। प्रधानमन्त्रिले गतिलो काम नगरे पनि ,दयालु हामी  iबुडाहरुका हावा गफलाइ नै रमाइलो मान्दिन्छौ। युटुबे ले घरबार भाडेका भिडियो त हामी एक मिनेट खेर नफालि रमाएर सदुपयोग गर्न प्रखर छौ। नायिका हरुका नया बोइफ्रन्डका कुरा नै हामिलाइ खित्ता छोडाउन काफि हुन्छन्। हामी तुइन मा हास्दिन्छौ, खरले छाएको स्कुलमा चुड्किला सुनाइदिन्छौ, कर्णालिका भिरमा रक क्लाइमबिङ गरदिन्छौ,नेपाल यातायातको ढोकामा पिङ खेल्दिन्छौ,ताराइका बाडिमा माछा मार्दिन्छौ, मुढा बटुलेर मख्क पर्छौ। हुन पनि हाम्रो यो खुबि परापुर्बकाल देखि को हो , हामी सति प्रथा सकिदा उत्सव मनाउथेम,ब्रिटेन को लागि ज्यान फाल्न जादा हामी पेन्सनमा रमाउथेम, हामी राजाका पाइला हरु देखेर रमाउथे

लोन उल्फ

 प्याच्च....टाउको मा केहि बजारियो, धनपति ,होर.... भन्दै जोत्दै गरेका गोरु रोक्यो। तारे गोरुले पुच्छर घुमाएर हिलो पछाडि छर्कियो। धनपतिको मुख भरि भयो, " पकलक्क मरेस् साढे " सराप्दै टोपिले मुख पुछ्यो। झमक्क साझ परिसकेको थियो, सिमसिम पानि चुहिन रोकिएको थिएन। खेताला ,बाउसे सबै हिडिसकेका थिए,झ्याउकिरि को टिईईई.. आवाज त्यहाको शुन्यता र एक्लोपन  जनाउदै थिए ,टाउकोमा के ले हान्यो भनेर खुइलिएको तालु हातले छाम्यो, बाक्लो ,तातो तरल महसुस गर्यो । इस्टकोटको टर्च निकालेर  हात तिर बाल्न खोज्यो, फ्यात्त.... आवाज आयो, खुर्पेटो तिर खुर्पा लिन हात बढायो, बिस्तारै फर्केर हेर्यो ,स्याखु हिलोमा खसेको रहेछ," बज्याको छाति" भन्दै धनपति मुरमुरायो।टर्च निकालेर बाल्यो ,आफ्ना हात हेरेर आखा तन्काउदै जुरुक्क उठ्यो,हत्तपत्त टर्च आकाश तिर ठड्यायो केही देखेन ।धनपति डरायो, उसका हात राताम्मे थिए, वरिपरि हिले खेतमा टर्च घुमायो आलि निरबाट रातो रङ बाडिदै गएको देख्यो बिस्तारै हिलोमा हात घुसार्यो। केही भेटेर नै होला हात झवाट्ट निकाल्यो हातमा मासुको ठुलो चौटो थियो,धनपतिले टर्च उसको हातको चौटोमा तेसार्यो। झस्क

गलैंचि

  पहेलो फुुल, फिरफिरे झेै घुुम्दै कपाल मा झर्यो। कपालमै गुटुमुटु हुन खोज्यो, मेरा गुन्द्रुक कपाल,फुुललााइ झन लुकाउन खोज्दै थिए तर भेेटाइहाले। गलैंचिको फुुल, फेेरि जसले पनि देख्ना साथ नाकमै पुर्याइ हाल्ने।बासना नै तेस्तै छ त मोरोको, मेरो के दोश। नाकले छिच्याउदै,फुुल भित्रै लगेर एक लामो सास फेेरे। "यो फुुलको सबै बासना नसकाइ छाड्दिन।" मनमनै सोचे। मेरा काला,काला हातमा त्यो फुुल हास्दै थियो, म तिर हेर्दै ," त भन्दा कति राम्रो छु ,देखिस््!!" यस्तै भन्दै थियो पक्कै। " कस्तो छुच्चो, म पनि राम्रि छु" भनेर एकछिन त बाज्थे होला त्यो सग मिल्ने भए। मेरा हजुर बुवाले कश्मिर बाट ल्याउनु भएको रे, यो गलैंचिको बोट, सन्सार मध्येकै जेठा गलैंचि मा पर्छ होला। पोहोर चेैतमा यसका दुइबटा हागाले साथ छोडेका, बुबा सम्म अााइपुुग्दा यसले फेदमा सिमेन्टको नया बैसाखि भने पाएको छ। बोटमा चढ्न सबैलाइ मैले मनाहि नै गरिदिएको छु, हागा बुढा भैसकेका छन।  मैले भने गलैंचिले अाफेै " रोटेले टोकेर पात दुखाए " भन्दा उक्लेर घबाइदिन्थे।समग्रमा भन्दा यो गलैंचिको बोट एकदम प्यारो थियो,मेरा लागि। ती फ

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म

सम्मोहन

 " ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर  कस्केलि  भन्थे सबै जनाले।  कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो। " घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।  "ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। माद

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ &quo