प्याच्च....टाउको मा केहि बजारियो, धनपति ,होर.... भन्दै जोत्दै गरेका गोरु रोक्यो। तारे गोरुले पुच्छर घुमाएर हिलो पछाडि छर्कियो। धनपतिको मुख भरि भयो, " पकलक्क मरेस् साढे " सराप्दै टोपिले मुख पुछ्यो। झमक्क साझ परिसकेको थियो, सिमसिम पानि चुहिन रोकिएको थिएन। खेताला ,बाउसे सबै हिडिसकेका थिए,झ्याउकिरि को टिईईई.. आवाज त्यहाको शुन्यता र एक्लोपन जनाउदै थिए ,टाउकोमा के ले हान्यो भनेर खुइलिएको तालु हातले छाम्यो, बाक्लो ,तातो तरल महसुस गर्यो । इस्टकोटको टर्च निकालेर हात तिर बाल्न खोज्यो, फ्यात्त.... आवाज आयो, खुर्पेटो तिर खुर्पा लिन हात बढायो, बिस्तारै फर्केर हेर्यो ,स्याखु हिलोमा खसेको रहेछ," बज्याको छाति" भन्दै धनपति मुरमुरायो।टर्च निकालेर बाल्यो ,आफ्ना हात हेरेर आखा तन्काउदै जुरुक्क उठ्यो,हत्तपत्त टर्च आकाश तिर ठड्यायो केही देखेन ।धनपति डरायो, उसका हात राताम्मे थिए, वरिपरि हिले खेतमा टर्च घुमायो आलि निरबाट रातो रङ बाडिदै गएको देख्यो बिस्तारै हिलोमा हात घुसार्यो। केही भेटेर नै होला हात झवाट्ट निकाल्यो हातमा मासुको ठुलो चौटो थियो,धनपतिले टर्च उसको हातको चौटोमा तेसार्यो। झस्किएर चौटो हुत्त आलि तिर हुर्रायो,झस्किएर हलो तिर हुत्तियो, झन हरिसमा नमज्जाले ठोकियो। डराउदै त्यो फालेको चौटो तिर टर्च बाल्यो, भर्खर काटेको गाईको मासु जस्तो गहिरो रातो थियो, रगतले रसिलो देखिन्थयो, प्रस्ट मान्छेको कानको लोति देखियो,कानमा भएको ठुलो कोठि नचाहादै पनि धनपतिले देख्यो, मात्र तेति कोठिले " यो त बैकुणठेको कान हो" भन्ने कुरामा उ निश्चित भयो।गोरु फुकायो जुवा,हलो हिलोमै फालेर गोरुलाइ घरतिर लैजान त्राशित तरिकाले गोरुका ढाडमा गेगाडि का लौरि बजाउन थाल्यो। त्यो अत्यास लाग्दो गोरु चुटाइ पर पर सम्म घन्कियो।
"सहि साब' तल भैसेमा डेथ रिपोर्ट आएको छ।" हवल्दारले रिपोर्टिङ गर्यो। गाउपालिका मा 5 जना मात्रै प्रहरी थिए, त्यहाका इन्चार्ज थिए, पशुपति यादव। जागिर खाएको 25 बर्स भैसकेको थियो,इन्सपेक्टको लिखित मात्रै 8 चोटि दिएका रे,सायद उनलाइ खुकुरि क्रस फुलि लाउन जुरेकै थिएन।ज्योतिस,राशिफल,भविस्यवाडिमा खुब सोख थियो उनको, गाउमा पनी मान्छेहरुको कुण्डलि हेरिदिन्थे,सिराहामा थिए रे बा आमा । बिहे भएको 3 बर्समा एउटि छोरी छोडेर श्रीमती पोइला गएकि रे, एक्ला थिए पशुपति, जिन्दगिमा गर्न खोजेका कुरामा असफलता र चाहेका इच्छा पूरा नभएको उनको अनुहारमै देखिन्थ्यो। कपाल आधि झरिसकेको, छोचो कद, पुटुस्स भुडि,कालो वर्ण,बाक्ला आखि भौ, ठुटे जुङ्गा ,भएका पशुपतिमा निश्चलता भने थियो, कोहिलाइ देखे आफ्ना छिद्रा परेका दात देखाएर मुस्कुराइ हाल्थे,कसैको काम परे बर्दिमै लागि परिहाल्थे त्यसैले होला उनको बर्दि खुइलिएको थियो, राजस्व कार्यालयमा टेवल मुनि बाट घुस लिने सुकिलो बर्दि भन्दा पशुपतिको खुइलिएको बर्दि बडि उज्यालो थियो, उनका काधमा दुइवटा तारा पनि सधै गर्भले मुस्कुराइ रहन्थे होलान।
"रामे,...हिड भेैसे सम्म पुगेर आउनु पर्यो,बाइक निकाल।" पशुपति टोपी लगाउदै जोसिलो स्वरमा कराए।1 घन्टा जति कच्चि बाटो मा हाल्लिदै भेैसे पुगे।त्यहा मान्छेहरु खैला बैला गर्दै थिए,धनपति ,पशुपतिले बाइक रोक्न नपाउदै दौडिदै आए ।
"सर बैकुण्ठे कै कान हो त्यो ,त्यसको कान मैले 10 जुनि पनि बिर्सिन्न।"
एउटि आइमाइ रुदै ,रुदै दौडिदै आइन, आखाका डिल कलेटि परेका,रसिला आखा, झुत्रो फरिया , कुहिना देखिएका चोला, दर्दनाहट देखिन्थिन उनी।
"मेरो श्रीमान जसरि खोजिदिनु पर्यो हजुर" भन्दै बिलौना गर्न लागिन्। पशुपति आशवासन दिएर धनपति अनि अरु गाउले सग सोध पुछ गर्न लाए।बुझ्दै जादा पो थाहा भयो, बैकुणठे एक बर्स देखि हराइरहेको थियो। पशुपती ,त्यो कान भेटिएको खेत तिर लागे , हिले खेतमा फेरि त्यो मैलो बर्दिले हिलोका पनि छिटा ले रङ्गायो,हवल्दार पनि पछि पछि लाग्यो। कान देखेर बैकुण्ठे कि बुडिले पनि मेरै बुडाको कान हो भन्न लागि।
" तपाइले यो कानले टाउकोमा लागेको भन्नु भएको हैन??" पशुपतिले धनपतिलाइ सोधे।
" हो,साब ... मात्थेडि तिर ट थाप्लामा हानेको हो।" धनपतिले टोपी खोल्दै भने।
" चिल गिद्घले खसालेको हुन पर्छ सर" रामेले थप्यो। पथुपतिले बाकि गाउले हरुलाइ वरपर खोज्न आग्रह गरे। असारको बेला झम झम पानी पर्न थाल्यो,अोढा ल्याउन बिर्सेछन् ,पशुपतिले निथुरुक्कै भिजे,रुझ्दै खोल्सो तिर पुगे खोज्न भनि, बाकि गाउले पनि चारै तिर फिजारिए। खोल्सो अनकन्टार थियो, झरिको आवाज ऐसेलुका पातमा बज्दा झन् अत्यास लाग्दो सुनिन्थ्यो। खोल्साको तल पट्टि केही लछारिएको जस्तो थियो, कसैले ढुङ्गा खसाले होलान् सोचे।प्लास्टिकमा पोको पारेको खैनि निकाले, निकालेर माड्न मात्र के खोजेथे, ढिस्को भासियो , खोल्साको तल पट्टिको दौर मा बदर्याम्म... पछारिए।
पशुपतिले एकछिन होस पाएनन् ,एकछिन पछि आखा खोले। झन् अनकन्टार खोचमा पुगेका रहेछन्,दिमाख खलबलिएर होला एकछिन मेसो पाएनन्, आफ्नो देब्रे हात मड्किएको जस्तो देखिन्थो,निकै कस्ट सहित उनी दुई खुट्टामा उभिए।खोच अध्यारो भएकाले केही देखेनन्,त्यहि खैनिको पोको मा भएको मोबाइलको फ्यास बाले र वरिपरि बाले। पिचिक्क.... केही टेकियो,उनले तलतिर मोबाइल तेर्साएे ,बल्ल बल्ल उठेका उनी फेरि झस्किएर पछारिए।
त्यहा एउटा लास थियो, पक्कै उनिहरुले खोजिरहेको लास थियो होला। अन्दाजि ५० बर्स जति को हुदो हो त्यो लाशको उमेर, भने झै त्यसको पनि एउटा कान भित्रै सम्म पुग्ने गरि निकालेर खाल्टो थियो। घाटि मा दुइबटा घाउ थिए, कसैले टोकेको जस्तो, हात खुट्टा भरि चिथोरेको थियो, पेट कसैले थेरै खाएर फुटेको झै थियो, आन्र्दा र भुडि पानी मा तैरिरहेका थिए।पशुपतिले मोबाइले राम्रो सग नियाल्ये, उनले एक कुरा भने अचम्म लाग्ने कुरा देखे, लासको चारै वटा हात खुट्टामा निकै लामो समय देखि रहेका जस्ता घाउ देखे । पशुपति हतारिदै हवल्दारलाइ फोन लगाए।
पोखराबाट ' crime department र forensic ' बाट स्टाफ आउनु भएको रहेछ, पशुपति गाउको स्वाथ्य चौकिको बेडबाट हातारिदै झरे, सलाम गरिहाले। inspector साब नि आउनु भएको रहेछ ,भर्खर को 24 बर्सको inspector , एक हात घाटिमा झुण्डाए पनि अर्को हातले जोसिलो सलाम गरे।
" बैकुण्ठ को मृत्यु , बाघको आक्रमण बाट भएको रहेछ।" forensic को एक जन स्टाफ बोल्यो।
पशुपति तीन छक परे, हतारिदै पोस्ट मार्टम रिपोर्ट हेर्न पुगे।
" कसरी सर, मलाइ त यो हत्या हो भन्ने लागिरहरको छ। मैले घटना स्थलमा एउटा पात्रो पनि भेटेको छु यी.." पशुपति खल्ति बाट पात्रो निकालेर देखाए। इन्स्पेक्टर ले पात्रो हेर्यो , सानो पुरानो पात्रो थियो।
" पक्कै बैकुण्ठ कै हुनु पर्छ" भनि पशुपति को हात मा थमायो।
"उसको मृत्यु बाघकै हमला बाट भएको हो,हामिले enzymes match गरिसक्यौ,उहाको सरिरमा बाघकै मुखको enzymes भेटिएको छ।" छेऊ बाट अर्को स्टाफ बोल्यो।
"बडि परिबारलाइ अन्तिम सस्कारको लागि बुझाइ सकेको छ।आज पोखरामा प्रधानमन्त्रिको भ्रमण पनि छ ,हामी लाग्यौ "भनेर सबै जना जिप तर्फ लागे।
पशुपतिलाइ इत्ति पनि चित्त बुझेको थिएन, technical staff हरु आफुलाइ अरु चिजमा हतार भएको र बैकुण्ठ मा कुनै निदिखुदि गर्नलाइ परिवार नभएकोले उनिहरुलाइ यो घटना बाघको आक्रमणमा तेसार्नु खुट्टाको काडो निकाले सरह थियो।
"बाघ ले नै खाने भए त्यस्तो खोल्सोमा किन पुर्याउथ्यो,??
खुट्टामा हातमा काटिले छेडेका जस्ता डाम कसरी आए??
एक बर्स सम्म बैकुण्ठ कहा थियो??
बाघ ले किन सिकारको आन्र्दा भुडि फुटाल्थ्यो??" यस्तै प्रश्नले पशुरामलाइ सतायो।उनि त्यो रात गतिलरि सुत्न सकेनन्, बिहानै झल्यास्स.... भेटाएको पात्रो सम्झिए ,पल्टाएर हेरे। पात्रो को सुरुमा एउटा मिति लेखिएको थियो ' 2022/1/28 ' त्यस पछि तीन चार पाना पाछि अर्को मिति थियो ' 2023/1/28' अनि अझै अर्को पाना मा '2024/1/28'। सुरुको मिति चहकिलो मसिले केरिएको थियो,दोस्रो मितिको पछाडि पट्टि ठिक लगाएको थियो र तेस्रो मितिमा भने केही गरिएको थिएन।
पशुपति हतार हतार लुगा लागाए, हवल्दारलाइ बोलाएर बैकुण्ठ को घर तिर लागे। बैकुण्ठ का छोरा छोरी कोहि थिएनन् ,पिढिको छेउमा उसकि बुढि सोकमा झोक्राएर बसेकि थिइन्।पशुपति त्या पुगेर सान्त्वन दिन थाल्यो, उसले बैकुण्ठ को जन्म मिति सोध्यो, सुनेर तीन छक पर्यो।बैकुण्ठ को जन्म मिति 2023/1/28 रहेछ। उसले बैकुण्ठ को सबै कुरा सोध्न थाल्यो,बुढिको कुरा सुनेर अझै छक्क पर्यो। बैकुण्ठ जन्मे देखि नपुसक थियो रे, उसको कुनै यौन अङ्ग नै थिएन रे ,अनि एक दिन ऊ अचानक गाएब भएको रे।
पशुपति थाना फर्कियो, उ एकछिन घोरिएर बस्यो, एकछिन पछि जुरुक्क उठेर मोबाइल निकाल्यो। त्यहा हाम्रो ज्योतिस भन्ने एप खोल्यो र तिनै वटा मितिको कुण्डलि निकाल्यो। पहिलो मिति को कुणडलिमा राज योग थियो, त्यो मान्छे सिङ रासिको थियो र गण भने राक्षस गणको थियो।
बाकि दुइ वटा कुण्डलि एउटै खालका थिए, दुबै मेष रासि थिए ,दुबैको गण मनुस्य थियो।
सबै कुण्डलिको ग्रह स्थिति हेर्दा पशुपति अब भने हैरान भए। तीन वटै कुण्डलिमा सबै ग्रह एकै ठाउमा सर्दै आएका थिए,अर्को बर्समा सबै कुण्डलिमा लगभग सबै ग्रह एकै ठाउमा बस्ने बाला थिए। कुण्डलिमा त्यस्तो भए त्यस बर्स अकाल मा ज्यान जाने भन्ने ज्योतिस हरुले भनेको पशुपतिले सुनेका थिए।
पशुपतिले राशि र गण हेर्दा पहिलो कुण्डलि हुने मान्छे ले ती दुई जनालाई मार्न सक्ने आकल लगाए, सिङले भेडा मार्छ त्यसैले बैकुण्ठ को हत्या सिङ रासि भएको मान्छे ले गरेको हो भनेर उसले कसैलाइ भन्यो भने पनि पशुपतिलाइ पागल भन्छ भन्ने कुरामा दुई मत थिएन।
पशुपतिका बा अझ ज्योतिस बिद्दामा प्रखर थिए, फोन लगाए र राज योग भएका मान्छे कस्ता हुन्छन भनेर सोध्यो। राज योग त कि जोगि को हुन्छ कि राजाको हुन्छ भनेर उसका बाले भने। उसले त्यो सबै ग्रह एकै स्थान मा बस्ने कुरा बा लाई सोध्यो, बा को उत्तर सुनेर पशुपती भुनभुनियो, पुरानो जमनामा यदि ग्रह त्यस्तो भएमा , त्यस्तै ग्रह भएका , स्खलन नभएका कुमार र कुमारि बलि दिएर तिनका कान उत्तर दक्षिण दिशा मा चढाए ग्रह हरु सर्ने मान्यता थियो रे। बैकुण्ठ त्यहा भने झै कुमार थियो। पशुपतिलाइ भाउन्न भयो , बैकुण्ठ को हत्या नै भएको भन्ने कुरा मा उ निस्चय भयो।
गाउमा सोध पुछ गर्यो कोहि जोगि यता कतै बस्छन कि भनि। कसैबाट केही पत्तो लागेन, गाउकि एउटि बुढि आमा थिइन्, उनको मानसिक स्थिति नाजुक नै थियो , उनको घर गएर पशुपति चिया पिउदै जोगिको बारे सोध्न थाल्यो। ती बुढि आमा चिच्याउन थालिन्
"त्यो शालिनदि को परि पहरो मा , एउटा जोगि बस्छ, त्यसले 5 वटा ब्वासा र तीन बटा बाघ पालेको छ आफ्नो गुफामा।"
पशुपतिलाई आमाको कुरा साचो हो झै लाग्यो ,तिनका छोरा हरु सग सोध्यो, "सालिनदि पारि को पहरो मा कोहि चढ्न सक्दैनन् र त्यहा जाने बाटो पनि कतैबाट छैन ,आमा बौलाएर हो "भनेर आमाका छोराले भने।
पशुपति थानामा आयो , उ लाचार थियो । कुण्डलि र ज्योतिस सात्रका आधारमा उ कसैसग केही भन्ने स्थितिमा थिएन , उसले त्यो कुरा हेडक्वाटर मा भन्ने हो भने पागल भयो भनेर जागिर बाट निकालि दिन्थे। तर अझै एक जनाको ज्यान जाने वाला कुरा मा उ भित्र बाट मै एकिन थियो। पुर्पुरोमा हात लाएर पशुपति पुलिस थानाको टेवलमा झोक्राइर्ह्यो।
" सर काउरे गाउँमा डेथ रिपोर्ट भएको छ सर।" हवल्दार ले रिपोर्ट बुझायो।
पशुपति झस्किदै उठ्यो,
"केटा कि केटि....." उ एकदम च्याठ्ठियो।
" बिहे नभएकि अध बैसे आइमाइ रे.."
हवल्दार बोल्यो।
"लास भेटियो??"
"भेटियो सर ,लाशको कान भने नभएको खवर आएको छ सर.......।""
Comments
Post a Comment