Skip to main content

Posts

Showing posts from July, 2020

निलो रगत

[कालिकोट.पिलि बजार.वि.स.2060  ]                            भर्खर फोन गरेर आएको थिए,छोराले बाबा! आउदा मलाइ नि बन्दुक ल्यादिनु है भन्दै थियो।मन चिसो भयो,सकुन्तलाले रोएर झन मनोबल कम बनाएकि थिइ।अस्ति भर्खर ambush मा परेर बाचेको कसले सुनाइदिएछ,त्यो रोएको सुनेर मर्छु कि भन्ने डर पलाइ सकेको थियो। हाम्रो क्याम पिलिको भिरमा थियो,भिरको तल पट्टि तिला नदि सुसाइरहन्थयो।ढुङ्गामा बसेर चुरोट सल्काए,तिला नदिको अनन्त बगान देख्दा नि रहर लाग्थयो,आफ्नो ज्यानको ठेगान नभएर होला।जनयुद्ध सुरु भएको दस बर्स भैसकेको थियो भर्ति भएका कति साथि आफ्नै अगाडि गोलि खाएर लडेको देखे,सधै पन्जा लडाइमा जित्ने जोडाहरु हात चुडाएर घर फर्के,दौडमा कहिल्यै दोस्रो नहुने बैसाखिका साहारा भए।सिपाहिको जिन्दगि न रैछ,महत्वहिन,आत्मा विहिन,दया गर्न नमिल्ने,आफ्नै भाइलाइ समेत गोलि हान्न जायज भएको,4 बर्सको छोरोलाइ पेटभर काखमा लिन नपाएको एक बाध्य यन्त्रिक बस्तु जुन अरुको इसारामा चल्छ। "कर्णेल साब को सवारि भयो, सामेल !!"भनेर सुब्दार साब कराए।बुढा कपाल फुले पनि जोसिला थिए।मैले मेरो बन्दुक (LTA2 SLR)  उठाए,5 केजिको बन्दुक मोबाइल बोकेझेै

बिलिन

झल्यास्स बिउझिए,भित्ताको  घडिमा ठिक 2 बजेको रहेछ।पहिलो पल्ट जिन्दगिमा शरीर हलुङ्गो भए झै भयो।निद्रा पनि लागेन,उठेर बरान्डातिर लागे।सधेै कापिरहने हात आज स्थिर देखिए,टाउको पनि आज भारि थिएन। सारदा को याद आयो  एक्कासि ,उसले  सन्सार छाडेर गएको 9 बर्स भेैसकेको थियो।त्यस पछि निकै एक्लिएको थिए,छोरा बुहारि काठमान्डौमा बस्थे,छोरी ज्वाइँ अमेरिका पुगिसकेका थिए। ब्लड प्रेसर बडेर हो कि चक्कर आइराखे झेै हुन्थयो।हिजो आफ्नै जन्मदिन थियो,कोहि आएनन् फेसबुकमा हजारौ शुभकामना देखिए पनि। साझ एक्लै बसेर खुब रक्सि पिएको थिए तर पनि अहिले त्यस्तो ह्याङमा भने थिइन। बरान्डाको सोफामा थ्याच्च बसे,चुरोटको तलतल लागिसके पनि लिन जान झ्याउ लाग्यो। चाउरिनै लागेका हातमा नजर गए,हातको अौठिले नजरलाइ स्मरणमा पुर्यायो।सारदाको त्यो सेतो अनुहार याद आयो,बिहे पछि कराइ राख्थे।म मरेपछि पाउनु होला के सुख भनेर सराप्थि,झस्स सम्झिए।मुन्टो बटारेर आकाश तिर हेरे,थु्प्रै तारा थिए तर पनि नजर जुनबाट हटेन।सारदा र म हाम्रो किशन जन्मिदा ताका सुजरल्याड गएका थियौ,तालको छेउमा ,हरिया डाडाहरु बिच सानो फार्म हाउसमा बसेका थियौ।यसरी नै राति उठेर हामी जुन