[कालिकोट.पिलि बजार.वि.स.2060 ] भर्खर फोन गरेर आएको थिए,छोराले बाबा! आउदा मलाइ नि बन्दुक ल्यादिनु है भन्दै थियो।मन चिसो भयो,सकुन्तलाले रोएर झन मनोबल कम बनाएकि थिइ।अस्ति भर्खर ambush मा परेर बाचेको कसले सुनाइदिएछ,त्यो रोएको सुनेर मर्छु कि भन्ने डर पलाइ सकेको थियो। हाम्रो क्याम पिलिको भिरमा थियो,भिरको तल पट्टि तिला नदि सुसाइरहन्थयो।ढुङ्गामा बसेर चुरोट सल्काए,तिला नदिको अनन्त बगान देख्दा नि रहर लाग्थयो,आफ्नो ज्यानको ठेगान नभएर होला।जनयुद्ध सुरु भएको दस बर्स भैसकेको थियो भर्ति भएका कति साथि आफ्नै अगाडि गोलि खाएर लडेको देखे,सधै पन्जा लडाइमा जित्ने जोडाहरु हात चुडाएर घर फर्के,दौडमा कहिल्यै दोस्रो नहुने बैसाखिका साहारा भए।सिपाहिको जिन्दगि न रैछ,महत्वहिन,आत्मा विहिन,दया गर्न नमिल्ने,आफ्नै भाइलाइ समेत गोलि हान्न जायज भएको,4 बर्सको छोरोलाइ पेटभर काखमा लिन नपाएको एक बाध्य यन्त्रिक बस्तु जुन अरुको इसारामा चल्छ।
"कर्णेल साब को सवारि भयो, सामेल !!"भनेर सुब्दार साब कराए।बुढा कपाल फुले पनि जोसिला थिए।मैले मेरो बन्दुक (LTA2 SLR) उठाए,5 केजिको बन्दुक मोबाइल बोकेझेै हुनथ्यो।एउटा छुट्टै आत्मियता थियो बन्दुकसग,मृत्यु जित्ने एउटै उपाए ,छोरोलाई फेरि काधमा बोक्ने आशाकिरण,मेरि सकुन्तलाको सिउदोको धरोहर। मलाइ मेजर साबले (sterling SMG) लि तैले,पातालो छस सजिलो हुन्छ भन्नु भाथ्यो मलाइ LTA2 नै सजिलो लागथ्यो।कर.साबको सवारि हेलिकप्टरमा भएको थियो,पिलिको भिरमा ल्यान्ड गर्न मिल्ने ठाउ थिएन, तल खेत तिर ल्यान्ड गर्यो।त्यति बेला हाम्रो टोलि कर्णाली राजमार्गको निर्माणमा समेत जिम्वेवार थियौ नै तर,मावोबादिबाट ज्यान जोगाउने कर्तव्य भने हरेक सेकेन्ड पूरा गर्नु पर्थ्यो।राजमार्ग निर्माणका सामाग्रि धेरै छन रे खबर आयो waki talki मार्फद।भन्साका केही साथिहरु बाहेक हामी सबै लाग्यौ हेलिकप्टर तिर,दुरभाग्य! हामी बन्दुक नबोकि हिड्यौ सामाग्रि बोक्ने भनेर।काडे तार,खाधान्न,क्यान्टिनका रासन,कम्मल,मेडिकिट यस्तै चिज बोकेर फर्कदै थियौ।एउटा जोडा म तिर हेरे मुसुक्क हासेर,"जोडा मेरो दाइ तिमी जस्तै देखिनु….."भनेर नसक्दै गोलिले उनको आखा छेडेर खप्पर फुटालेर निस्कियो।हामी ambush मा परेछौ,ती जोडा त्यहि ढले र प्राण गयो तर त्यो कुरा कसैलाइ मतलब भएन,सब भागाभाग गर्न थाले।कर.साबका केही पर्सनल गार्ड बाहेक हामी सबैहतियार बिहिन थियौ माथिको सेन्टि पोस्टबाट भयानक आक्रमण भयो।कति साथिहरु त्यहि सहिद भए,बाचेका हामी पहराको पछाडि लुक्यौ,त्यो कालिकोटको भिरालो पहाड घिस्रदै हामी ब्यारेक सम्म पुग्यौ।कर.साबलाइ बल्ल बल्ल त्या पुर्यायौ ,ज्यान जोगाउने एउटै उपाय क्याम्प पुग्नु थियो।भाग्यबस तल खेतमा हामिले त्यति क्षति ब्यहोर्न परेन।सबै आफ्नो पोस्टमा पुग्यौ अनि दोहोरो भिडन्त सुरु भयो।बेलुकाको ४ बजेको हुदो हो ,खाजा खाने चलन थिएन 5 बजे खाना खाइन्थ्यो त्यस्तै भयो।लगातार भिडन्त भयो,मावोबादि लडाकुहरु सग प्राय जसो (Ishapore 2Al) बन्दुक थियो ,उनिहरुलाइ धेरै कक गर्नु पर्थ्यो तर पनि उनी हरु पहाडको माथि थिए हामी तल। उनिहरु पनि "मुजि शोसकका नोकरहरु,"भन्दै कराउथे ,हामी पनि "रन्डिका छोरा आतन्कबादि" भन्दै फायर गर्थयौ।मेरो छेउमै लप्टन साब हुनुहुन्थ्यो,पटक पटक भर्खर बिहे भएकि श्रिमतिको फोटो हेर्दै हुनुन्थयो। मलाइ artillery निकाल जिते भनेर अर्हाउनु भयो,म हतारिदै गोदाममा पुगे,बन्दुक हातमै थियो, सकिनसकि GPMG काथमा हाले 50 के.जि त थियो होला,बन्दुक त भैहाल्यो झन।मान्छे डराएको बेला अपत्यारिलो काम गर्दो रैछ ,मैले Gpmg बोकेर दौडेको देखेर लप्टन साब छक्क पर्दै हुनुन्थयो,उहाको काखमा आएर bangalore torpedo सकेट बम खस्यो र पड्क्यो पनि।उनकि श्रिमतिको फोटो उनकै चोक्टा चोक्टाले पुरियो।फौजिने भए पनि मेरो पनि मन थियो,दुई थोपा आसु चुहियो,चुस्ताको कलरले आशु पुछ्दै उठे।GPMG सेट गरेर लगातार फाएर गर्न थाले,एउटा द्बन्दको ज्वाला दन्किदै गयो मनभित्र।मुजिहरु सबलाइ छप्काएर टुक्रा टुक्रा पार्छु झै हुन थाल्यो।दुइ जना जोडाहरु आएर तानेर बसाले ,कराए पनि।राति 12 बजे तिर भिडन्त रोकियो,मुख सुकेर प्याक प्याक भएको थियो पानी खान पाइप तिर घिस्रिए,"पानिको पाइप काटेछन मावोबादिले" भन्दै कराउदै थिए एउटा जोडा।प्राय सबै जन चिच्याउदै बोल्न पर्थ्यो,बन्दुकको आवाजले श्रब्य क्षमता असर भएर हुन पर्छ।त्यति बेला गोदाम बाट हामिले गोलि गठ्ठा अोसार्नु पर्ने अोसारिएन एसछिन भएपनि थुच्च बस्यौ।फेरि 3 बजेतिर फाइरिङ सुरु भयो,लगातार 4 बजे सम्म लडाइ हुँदै थियो मेरो दाहिने खुट्टमा गोलि लाग्यो,चिच्याए एकपटक,मलाइ त्यहा Dust off त के एउटा ब्याडेज बाध्न आउन सक्ने समेत कसैको स्थिति थिएन।मृत्यु सबै भन्दा ठुलो गुरु रहेछ,मर्ने डरले होला गोलि लागेको बिर्सेछु फेरि फाइरिङ गर्न थाले।मावोवादिका फौज थपिदै गए अनि हाम्रा गोलि सकिदै गए,उनिहरु बिस्तारै ब्यारेक छिर्न तरखर गर्न थाले।माथिल्लो shield wall भत्काएर ब्यारेक पसे अनि फाइरिङ सुरु गरे,त्यहा हाम्रा 50 जना जति टोलि मारिए,सबैले हरेस खाइसकेका थिए यिनीहरुको यातना सहेर मर्नु भन्दा आफै गोलि हानेर मर्छु भन्ने मनस्थिति ले एक दुई जनाले आफैलाई गोलि हाने।अब दुई तीन जना मात्रै थियौ तल्लो पोस्टमा ,खुट्टा बाट रगत चुहिराखेको थियो,यी रन्डिका छोरा हातबाट त कुनै हातलमा मर्दिन भन्ने भयो ।एक पटक आखा चिम्ले छोराको याद आयो,भर्खर बोल्ने हिड्ने भएको मेरो छोरो कमल,तलाइ टुहुरो बनाएकोमा माफि माफिदे भन्ने सोचे।सायद यो क्रान्ति मा मेरो छोराले पनि आफ्नो बाबु बलिदान गर्नुपर्ने रहेछ,मेरि सकुन्तलाले पनि राता मान्छेका लागि रातो रङ त्याग गर्नु पर्ने रहेछ।यो मेरो रगतको बलिदानले यिनीहरुले भने झै सम्रिद्दि आवोस्,घोसणा पत्रमा झै छोरो बोर्डिङमा पढ्न पावोस,देशको परिवर्तन होस्,गरिबका छोरा राजा रानी हुन भनेर प्रथना गरे अनि पोस्टबाट तिला नदिमा फडाले।"लोकतन्त्र जिन्दाबद,ने.क.पा मावोबादि जिन्दाबाद"जस्ता नारा मधुरिदै गए।म आकाश तिर हेर्दै निलो रङको रगताम्मय सन्सारबाट निकाश पाउदै थिए।
१७००० का निलो रातो रगतमा पौडी खेलेर सत्तामा पुगेका हरुले तिनी हरुको बलिदान बिर्सिसकेका छन् | उनीहरुलाई सिद्धान्तले फरक परेको छैन जुन सुकै सिद्धान्त टेकेर भएपनि अझै एक दुइ चोटी सत्ता सम्हाल्नु छ र लुट्नु नै छ || पक्कै पनि यो बलिदानको सराप लाग्ने छ ||
ReplyDelete