" ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर कस्केलि भन्थे सबै जनाले। कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो।
" घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।
"ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। मादि नदिको छेउमा थियो मकैखोलेको एक्लो घर, असारको महिना बाढिले मादि उर्लदै थियो,भिरालो दौर र चट्टान को खोच छिचोल्दै निस्केको मादि ठुलै उपलब्धि गरे झै गरि उछ्सिङ्खल भएर सुसाउदै थियो। झमक्कै साझ परिसकेको थियो,बाकि मलामि सबेरै घर पुगिसकेका थिए होलान, झिलिक्क चट्याङ पर्दा दामोदर बुडा मुख बिगार्दै गिलास बजारेको देखिन्थ्यो,कस्केलि बुडा सुर्ति च्याप्दै एकसुरले ठुलो पहरो तिर टोलाउदै थिए। चुक घोप्टाए झै रातमा ,असारे झरि मुसलधारे पर्न थाल्यो।
"अो..पानी त झम्टि झम्टि पर्यो माइला बा,आज अब इदि तर्न सकिन्न एतेै बस ।" मकैखोले साइलि बलेनिको धारो सोझ्याउदै भनिन्।
" आफ्नो भोलि बिहानै मेलो छ, जान परेन.." कस्केलि बुडा झन चर्करि कड्किए।
"भैगो साइलि ,दोडा का'गत देउ अोडा बरु,भोलि घट्ट तिर आउने सग पठाइदिम्ला।" दामोदर आखा बटार्दै बोले।
" इदि तरि नसक्नु भो होला, आज बउर बउर जाम अनि खाल्टेको उकालो चढम्ला हुन्न?" कस्केलिले निस्कर्श निकाले।
" बउर का तेत्रा घाट नै घाट जान डर लाउन्न????" मकैखोले साइलिले नसक्दै दुइजना हिडिसकेका थिए।
छेवैमा मादि बर्खे अवतार मा दरलाग्दो भएर उर्लदै थियो,बगर को छेउमा लस्करै बगेर घारि कहालि लाग्दा थिए ,फुत्त बाघले नझम्टेला भन्न सकिदैनथ्यो। पर पर साना बत्ति बले झै देखिन्थे, तर कोष कोष टाढा नपुगि मान्छे देख्न पाइन्थेन, हरिया प्लास्टिक अोढेर कस्केलि बुढा अगि दामोदर पछि पछि हिड्दै थिए। दुबैको आधि शरिर भिजेर निथ्रुक्कै भएको थियो,धन्न त्यो सेतो टर्च प्लास्टिकले बेरेका रहेछन् कस्केलि बुडाले। पानिले हानेर दुबैका अोडाले परपर आवाज निकाल्थे,झाडि भित्रका का झ्याउकिरि को ङि ङि ङि ङि… अनि असारे भयागुता को ट्यार ट्यार। खुब अत्यास लाग्दो आवाज सुनिन्थ्यो। पहाड जत्रा काला चट्टान अनि पारि छिच्ोल्न नसकिने नदि एउटा अनकन्टार परिवेर थियो त्यो ठाउ।
" यस्किमा टोक्नि… अगि मलामि आउदा खोलेको जनै लाउन बिर्सेछु,"छेउको घाट देखेपछि दामोदर अलि हडबडाउदै भने। भित्रि खल्तिमा भएको बिजुलिको पोको खोलेर चुरोट सल्काउन खोजे,पानी को बाछिटोले लाइटर भिजायो, च्यार च्यार मात्रै झिल्का उठायो।
"राडिको पोइ सौता…,कति परेको यो कुकुर को मुत" दामोदर बुडा म्ुरमुरिए।
" बजिया को छाति कति परेको ,आज ढोडको फाट सबै लान्छ क्या हो?" कस्केलि बुडाले थपे। पानी पर्न अलिकति पनि कम भएको थिएन ,गड्याङ गुडुङ गरेर बेला बेला मुटु रोक्ला झे गर्थयो यी सबै चिज बिच छेउका लस्करै बसेका मसानघाट ले भने दुबैको मनमा चिसो पसिसकेको थियो।
मसानघाट मा काम्दै काम्दै ,फटाफट हिडे कस्केलि बुडा दामोदर पनि सकिनसकि पछ्याए। अलि पर पुगे पछि रन्नेत खोलाको दोभान आयो,दोभान नजिकै ठुलो पोखरि बनेको थियो मादिको भङ्गाल छुट्टिएर।कस्केलि बुडा टक्क अडिए, सरक्क पछाडि फर्किएर दामोदरलाइ चुप लाग्न इसारा गरे, कस्केलि बुडाको कापेको अनुहार देखेर चेते पनि डराए, "के भो?" भन्दै गर्दा कस्केलि बुडाले टर्च निभाएर ढुङगाको छेल परेर लुके। दबिएको स्वरमा के हो र भन्देै चियाए, दामोदर बुढाको होस् उड्यो। पोखरि वरिपरि सयौ सेता सारी बिछ्याएका थिए,त्यस्तो झरिमा ती सारी एक रत्ति भिजेका थिएनन्, पोखरि भरि युवती नै युवती थिए, सबै देख्नमा गोरा,मोहनि लगाउने खालका थिए, आधि पोखरि मा नुहाउदै थिए,कोहि छेउमा कपाल कोर्दै थिए,कोहि गाजल लगाउदै थिए, कोहि युवती सम्वेदनशिल अङ चलाउदै यौवनमा लिप्त थिए। यो देखेर दुइटै बुडा को हरिगति रहेन, कस्केलि बुडाले खुर्पेटो बाट हसिया लिए, अनि भागेर फर्कने इसारा गरे।
ढिस्कोमा बलौटो माटो रहेछ,दामोदर बुडा हल्का रक्सिकै नसामा थिए, घड्याक्क.. चुन ढुङ्गो भत्किएर वगर को ढुङ्गा सग ढ्याङ्ग… आवाज आउने गरि ठोकियो, सन्नाटा छाएको त्यो बेला,जो कोहिको सातो लान सक्ने खालको ठुलो आवाज थियो। ती सबै युवतिहरु सरक्क बुढाहरुतर्फ फर्के, सायद देखे होलान दुबैलाइ, सबै तीखो स्वरमा चिच्याए कान नै टिइइइइ… हुनेगरि, फुत्त पोखरिबाट निस्किए सबै जना,सबैको कपाल अस्वभाभिक कालो र लामो रहेछ, देखिनेभए पनि बुढाहरु कोशौ टाढा थिए, तरपनि अाधि पल नसकिदै ती सबै युवतिले बुडाहरुलाइ घेरे, गोलो भएर त्यो सयौको भिडले घेरा हाले। कपालले अनुहार ढाक्ने गरि कपाल अगाडि खसाले, घुउउउउ….आवाज निकालेर घुम्न थाले,। दामोदरबुडा बेहोस भैसकेका थिए, कस्केलि बुडा एक हातमा हसिया र अर्को हातमा जनै समातेर ॐ ॐ ॐ भन्दै काप्दै थिए। युवतिहरु रुप फेर्दै गए,सेता अनुहार काला,राता डरलाग्दा हुँदै गए, एउटि युवतिले कस्केलि बुडाको छातिमा हानि, नङ्ग्राले छाला सबै खोस्रियो,नङ जनैमा अड्कियो। युवती झस्किइ, एक हात पर उछिट्टिएर गई, अरु युवती झन उग्र रुप देखाउन थाले तर कस्केलि बुडाबाट अलि परसर्दै गए। कस्केलि बुडाका सेता करङका हड्डि देखिन थालेका थिए,हातको जनै छोडेर घाउ समाते, के के कुरा जप्दै बेतोडले दौडेर मादिमा फडाले।
स्वास्थय चौकिमा कस्केलि माइलाको होस आयो, गाउभरिका मान्छे भेला भएका थिए।
" अब जिल्लामा उजुरि गर्नु पर्यो, यसरी मान्छे खान थाले पछि साध्ये हुन्छ?" सर्ट लगाएको एउटा बोल्यो मास्टर हुन पर्छ।
" अब त सेना बोलाएर भए पनि समात्नै पर्यो, यसरी भोलि को मर्छ नि थेगान भएन।" पिताम्बर बुडाले थपे।
" ल म जिल्लामा कुरा गर्छु, यो बाघले धेरै सतायो, हिजो दामोदर काका को ज्यानै लियो,कस्केलि बा बल्ल बल्ल बाचेका छन, त्यहि पनि मानसिक स्थिति बिग्रेको छ खोले भुत,पिचास,झाक्रिको फेरो लगा भनेर मात्रै बर्बराउछन्।" ढाका टोपी लगाएको गाउले प्रमुख बोल्यो।
"रास्ट्रिय निकुन्जलाइ भन्दा ठिक होला जस्तो छ,यो सानो न्याले बाघ हैन जस्तो छ, यो बाघ निकै ठुलो हुन पर्छ दामोदर बुडाको अलिअलि अङ्ग मात्रै भेटिएका छन्" एउटा तन्नेरी ले थप्यो।
ल हुन्छ हुन्छ भन्दै प्रमुखले टाउको हल्लाए। सबैजना दामोदर बुडाको घर गए, रितिथिति अनुसारको पुजा गर्दै ढिला भयो।साझ पख एकोहोरो सङ्ख फुक्दै घाट तिर लागे गाउका पुरुस।
" आकोबेला मकैखोले का' कोदोको बेसरी मीठो बनाउछन् हिड जाऊ"पिताम्बर बुढाले एउटा केटो लाई घिच्याए। झमक्कै साझ परिसकेको थियो,आज पनि मुसलधारे पानी आउन ठिक्क थियो।
"ए… बुडा मैले जनै घाटमै बिर्सेछु।" केटो रक्सि को सुरुप तान्दै बोल्यो…….
This comment has been removed by the author.
ReplyDeleteBabbal 😍
ReplyDeleteramro
ReplyDelete