झल्यास्स बिउझिए,भित्ताको घडिमा ठिक 2 बजेको रहेछ।पहिलो पल्ट जिन्दगिमा शरीर हलुङ्गो भए झै भयो।निद्रा पनि लागेन,उठेर बरान्डातिर लागे।सधेै कापिरहने हात आज स्थिर देखिए,टाउको पनि आज भारि थिएन। सारदा को याद आयो एक्कासि ,उसले सन्सार छाडेर गएको 9 बर्स भेैसकेको थियो।त्यस पछि निकै एक्लिएको थिए,छोरा बुहारि काठमान्डौमा बस्थे,छोरी ज्वाइँ अमेरिका पुगिसकेका थिए। ब्लड प्रेसर बडेर हो कि चक्कर आइराखे झेै हुन्थयो।हिजो आफ्नै जन्मदिन थियो,कोहि आएनन् फेसबुकमा हजारौ शुभकामना देखिए पनि। साझ एक्लै बसेर खुब रक्सि पिएको थिए तर पनि अहिले त्यस्तो ह्याङमा भने थिइन। बरान्डाको सोफामा थ्याच्च बसे,चुरोटको तलतल लागिसके पनि लिन जान झ्याउ लाग्यो। चाउरिनै लागेका हातमा नजर गए,हातको अौठिले नजरलाइ स्मरणमा पुर्यायो।सारदाको त्यो सेतो अनुहार याद आयो,बिहे पछि कराइ राख्थे।म मरेपछि पाउनु होला के सुख भनेर सराप्थि,झस्स सम्झिए।मुन्टो बटारेर आकाश तिर हेरे,थु्प्रै तारा थिए तर पनि नजर जुनबाट हटेन।सारदा र म हाम्रो किशन जन्मिदा ताका सुजरल्याड गएका थियौ,तालको छेउमा ,हरिया डाडाहरु बिच सानो फार्म हाउसमा बसेका थियौ।यसरी नै राति उठेर हामी जुन हेरिरहेका थियौ,यत्रो खर्च गरेर सुइजरल्यान्ड आए पनि सबै भन्दा राम्रो जुननै हुदो रैछ भनेकि थिइ सारदाले।टप्प दुई थोपा आसु झरे थाहा नपाउदै।पल्टनमा पहिलो पल्ट लप्टनको फुलि लाउदाको पल याद आयो,मेरो हल्का जुँगा पाल्दाको अनुहार याद आयो,रोल्पा हुदा यम्बुसमा परेको याद आयो,छेउमा रुदै सास छोडेका ती बुडा हल्दारको याद आयो।ब्याच न.25 का सबै जोडाहरुको याद आयो,कर्णेल भएर अवकाश लिदाको पल समझिए,सारदा खुसि हुँदै भनेकि थिइ"अब बल्ल हजुरसग मनलागे जति बस्छु।"सारदाले छोडेर जादा मात्र रोएको पल याद छ,त्यो भन्दा अरु कुनै बेला रोएको याद छैन।छोरो सारदासग झगडा गरेर बुहारिसग काठमान्डौ जादाको पल सम्झिए,सारदा निकै रोएकि थिइ।छोरिको कन्यादान सम्झिए,निकै मिल्ने साथि इस्वर मेजर हुँदै गर्दा हाइटिमा भुकम्पले बितेको सम्झिए।जिन्दगिको एउटा डाएरि पल्टाएझै भयो,जिन्दगिमा बस्तुगत सङ्कलनको सङघर्स होस् या मानविय सम्बन्ध बनाउने प्रयास सबै अर्थहिन देखे त्यो क्षण।यस्तै सोच्दै सोफामा पल्टिए,कतिबेला निदाएछु याद भएन।
घरमा निकै हल्लाखल्ला थियो,गार्डेन भरि गाडिनै गाडिनै देखिए।किशन र बुहारि आउदै गरेको देखेर म हतारिदै तल झर्न थाले।चस्मा कोठामा छाडेको थिए लिने भन्दै कोठातिर हानिए।कोठा पुग्दा मेरो होस उड्यो,कोठा भरि मान्छे थिए । पलङसम्म पुग्दा मैले मेरि निर्जीव शरीर देखे।"हिजो राति धेरेै पिउनु भाको थियो कर्णेल साबले,प्रेसरले हार्ट याट्याक भएछ।"सुरेसले भन्यो।हिजो सुरेसलाइ छिट्टै घर पठाएको थिए।बेग्लै आभास भयो,गणको सब भन्दा फुर्तिलो अफिसर थिए रे,अहिले बेबारिसे लास थिए।किसन रुदै कोठामा छिर्यो,बुहारि पनि पछ्याउदै आइ।"बाबा"भन्दै अगालो हालेर रुन थाल्यो,बुहारि पनि रोइ।हासो लाग्यो,तर हासिन हिजो अन्तिम पल्ट चुरोट खानु पर्ने रैछ जस्तो भो।"पार्थिव सरिरलाइ तुलसाको मोठमा लानु पर्यो भन्दै थिए"।बाहिर पुग्दा म छक्क परे, तेति धेरै मान्छेहरु मैले अहिले सम्म देखेको थिइन।"साह्रै राम्रा मान्छे थिए कर्णेल साब"भन्दै थिए कोहि,कोहि रोदन को ढोङ गर्दैथिए।कात्रो भित्र बेरेर बाहिर निकाले,मलाइ सेतो कपडा मन नै पर्थेन मेरो आङमा अहिले तेत्ति लुगा थिए होलान।झस्स याद आयो दराजमा रेमण्ड को कोट थियो लाएकै थिइन,छोरी ले अमेरिकाबाट पठाइदिएका तेत्रा राल्फ लरेन का सर्ट थिए त्यो लगाइदिएको भए नि हुन्थयो झै लाग्यो।हिजो जन्मदिनमा एक्लिएको म आज सबैको प्यारो मान्छे थिए,छिमेकि सिताराम अस्तिसम्म साधको बिसयमा किछकिच गर्दै थिए, आज लास उठाउन तयार थिए उनी पनि।हिजो सगै रक्सि खान आएको भए के जान्थयो तेतिको मनभाको मान्छे झै भो।बासमा बोकेर गाडिमा राखे मलाइ,म लाशको छेउमै बसे।र्याक भरि तेत्रा बुट थिए, निकै आरामदाइ म्याटरेस थिए,लन्डनबाट समिरले पठाइदेको रोलेक्स घडि टेवलमै थियो तर खुट्ट नाङ्गै थिए,बासका ती डाठमाथि कस्तो डसायो होला,अब आफुसग नभएको समय घडिले झन् के भनोस्। मसानघाट पुर्याए,किसनले कपाल आखि भौ खुर्क्यो,एकोहोरो शङ्ख सहित मलाई चिता सम्म लगे।म आगोबाट जात्रै डर लाग्थ्यो,मेरि कान्छि छोरी गाउको घरमा आगोले जलेर बितेकि थिइ,त्यसैले होला जाडो महिनामा पनि मालाइ आगो ताप्न सकसक लाग्थ्यो।चिता मा दाउरा थपेका थपै थिए मान्छे हरु,इत्ति अङ्ग पनि बाकि नरहोस खरानी होस भन्ने होला पापिहरुको मनसाय भन्ने सोचे।58 बर्सको मलाइ त्यो बेला बालकको सोच आउदैथियो सायद पुरजन्मको प्रकृया सुरु भैसकेको हुनु पर्छ।किशनले कुन्नि के के पुजा गर्यो तल बगर तिर गएर,म मलाई हेर्न मन थियो कतै डुलिन एकोहोरो टोलाए।सब भेला भएर एक मिनेट मौन धरारण गरे,भन्न त आत्माको सान्ति कामनाको लागि भन्दै थिए तर मोर्यो बल्ल आनन्द भयो भने होलान भन्ने सन्देह भयो मलाइ।किसनले दागबत्ती दियो, भर्खर मेहेन्दि लगाएको कपाल,बैश भरि जिमखाना गएर बानएको शरिर,इन्द्रिय,ज्ञ्यानेन्द्रिय एक एक जलेर खरानी भए।भर्खरको फुच्चे लामो हरियो बाँस लिएर आयो,यो मान्छेले पाप गरेछ ढिलो जल्यो भन्न थाल्यो।बासले लास घोच्न लाग्यो, सोचे त्यो नजलेको लास घोच्ने बासले आफ्नो भाग्यलाइ कति सराप्दो हो। त्यस्तो लर्के मान्छे एकपलमै जलेर खरानी भए, अस्तित्व अब गएर खरानिमा सिमित हुँदै थियो बतासले उडाएर खरानिकै अस्तित्व मेटाइदियो।एक एक गर्दै घाट रित्तिदै गयो, घन्टौ सम्म टोलाए ।टाढाबाट सारदाले बोलाउदै गरेको झै लाग्यो,उ नजिकिदै आइ ।खुट्टा ढोगि,"कति ढिला गर्नु भाको हो के हजुरले" भन्दै हात समातेर डोर्याइ ,अनन्तकाल सम्मका लागि बिलिन हुने गरि।
Comments
Post a Comment