Skip to main content

पलायनवाद

 माझिकुनाको रेस्टुराँमा आउदै फर्किदै गरेका छाल हेर्दै टोलाउदै थिए,ती छाल कहिले साना साना माछाहरु पाहुना बोकेर किनारा सम्म ल्याइदिन्थे तर नलिइ फर्किन्थे,बिचरा माछाहरु धोका महसुस गर्थेनेन् जसोतसो पुगिहाल्थे तिनै छाललाई पछ्याउन। मौसम खुलिसकेको थिएन ,पुसको महिना घरि घरि हुस्सु घेर्न आइरहन्थ्यो,मेरो अगाडिको चिया देखेर झस्किन्थ्यो , सुर्य चुरोट निकाले बालेर लामो सर्को तानेपछि हुस्सु मसग रिसाउदै भन्केर भाग्थ्यो।म मुसुमुस हास्थे त्यो cylimdrical चुरोट वोल्टाइपल्टाइ हेर्थे फेरि लामो चुम्बन दिन्थे, मलाइ  चुरोट को चुम्बनको चाहाना   त्यस्तो नौलो त थिएन तर पनि त्यो चिसो पलको चुम्बन अलग थियो ,सायद यौन स्खलन हुने बेलाको चुम्बन हुनु पर्छ। भित्रै सम्म आन्नद दिने गरि न्यानो दिदै थियो , मसग चिपिक्क चप्किरहने ती महङ्गा ज्यागेट २० रुपेको  चुरोट सग डाहाले जलिरहेका थिए। यस्तै बकम्फुसे कुरामा  बहकिदै थिए समीर को म्यासेज आयो।

 ` बेबस्,कहाँ छौ , तीन घन्टा भैसक्यो अनलाइ नआएको ,कहाँ गैकि? ´

समीर सारै इनसेकुउर थियो, दिनहुँजसो कुरा हुन्थ्यो, प्रेम सम्बन्धमा बसेकै 4 बर्स भैसकेको थियो, कलेज सगै पढेका थियौ ,मरिहत्ते गर्थ्यो , अब बिहे गर्ने पक्का पक्कि जस्तो भैसकेको थियो। 

` म अलि काम ले बाहिर आछु , घर पुगेपछि कल गर्छु ल बेबि।´ म्यासेज पठाए। फेरि लिप्त भए चुरोटसगको चुम्बनमा, बेला बेला चियाको चुस्किले उत्तेजना बढाउथ्यो   अझ त्यो चिसो मौसम आहा, orgasam नै हुनपर्छ त्यो त।

खटखटखटखट..... आवाज ले झस्कायो , एउटा डिउक बाइक रेस्टुराँको छेउमा रोक्यो। मेरो टेवल को नजिकै ल्याएर रोक्यो, रेस्टुराँ सम्म धेरै लामो गोरेटो हिड्नु पर्थ्यो ,त्यो बाइक देखेर अचम्म लाग्यो। बाइक धुलै धुलो थियो सायद टाढै बाट आएको हुनु पर्छ, बाइकबाट एउटा अग्लो मान्छे अोर्ल्यो, अर्कै cool पारामा हेल्मेट खोल्यो। त्यो मान्छेमा पक्कै केही त थियो जो म उसलाइ यति नियाल्दै छु। अग्लो सरिर लगभग 6 फुट थियो होला,  खैरो box pant लगाएको , कालो कम्ब्याट जुत्ता अनि छालाको ज्याकेट  हेर्दै क्लासि देखिन्थ्यो। ऊ बाइकबाट अोर्लेर ताल तिर हेर्न लाग्यो ,मलाइ  किन किन खै त्यो मान्छे कस्तो होला भन्ने उत्कसुकता भै हाल्यो। एकछिन ऊ मतिर फर्किदै फर्किएन , मेरो हातको चुरोट अब त्यो मान्छेको डाहा गर्न लागेछ कि कुन्नि बाक्लो धुवा फालेर बोलायो ,झस्किएर चुरोटमा आखा डाइभर्ट गरे। अन्तिम सर्को  तान्दै थियो त्यो मान्छे मतिर फर्कियो ,मेरा आखा तन्किए,ढाड पनि आफै तिनिक्क भयो ,आखाका परेला पनि नरभस भएछन क्यारे यताउति सलबलाउन थाले, त्यो मान्छे मै तिर सोझियो हत्तपत्त चुरोट ताल तिर हुइकाइदिए,चुरोट रिसाएर च्वाइअ.... गर्यो मनमानै सरि ल कान्छू भने । मेरो टेवलको छेउमा उसको झोला राख्यो , दुवै हातका ज्याकेटका बाउला सार्यो, सेक्सि रिस्ट भेन्स देखिए, टिलिक्क गोल्डेन घडि नेदेखिइ  मान्दै मानेन झन्। निधारमा सलबलाइरहेका कपाल देब्रे हातले सरलक्क माथि सार्यो , मेरो टेवलमा हात राखेर झुक्यो ।

" यस्कुज मि म्याम ,मे आइ बरो योर लाइटर ? " नलजाइ मसग लाइटर माग्यो । 

हडबडाउदै " अफ कोर्स " भनेर ब्यागबाट निकालेर दिए। लाइटर लियो चररररर... चुरोट सल्कायो ,लामो सर्को तान्यो अनि आकास तिर उडायो। हल्का कालो कालो , अलि अलि दारि पालेको ,समलन्बि आकारको अनुहार, चाक्लो चौकोसे निधार,दाहिने आखि भौ नीर सानो कोठि, टमक्क मिलेका दात अनि कफि कलरका अोठ, मनमनै सोचे 

" कति राम्रो हो के मोरो" मतिर  फर्केर मुसुक्क हास्यो । झन राम्रो देखियो , पक्कै पनि मेरा अोभरिज उफ्रेर फुट्न लाइसकेका थिए होलान्। मेरो अनुहार मेरो कन्ट्रोल बिना नै मस्किराखेको थियो । कसैको हातमा चुरोट यति सुहाएको कहिल्यै देखेको थिइन। ऊ छुट्टै दुनिया मा देखिन्थ्यो, बादलमा कैद भएको एउटा चिल जो उडेको उड्यै छ। मैले मात्र देखेकै भरमा यो मान्छे पक्कै पलायनबादको ठुलै नेता हुनुपर्छ भन्ने ठम्मयाइ सकेको थिय। मेरो दैनिक 9 टु 5  जागिरमा आउने जिन्दगि डाहाले मुरमुरिसकेको थियो। त्यहा त डाहा भगवति को थान नै हुनु पर्छ हरेक चिज एक अर्कासग डाहा मात्रै मानि रहेका थिए। मतिर फेरि सोझियो, फेरि मेरा साप्रा जोडिए ,लामो सास तानिहाले। खल्ति बाट लाइटर निकालेर ,

"धेरै धन्याबाद है म्याम ," भनेर ताल को छेऊ तिर गयो। अहिले ऊसको गन्ध पनि थाहा पाए, अघि लिएको लामो सास माथि पछुतो लाग्यो ,

 "a mate attracts his counter mates by his/her smell for sex " 

`हम्ने सुना था सालाने एप्लाइ किया´ भन्ने भयो। समीर सग कति रात सगै बिताए , कहिल्यै यस्तो भएन ।अहिले मन चनचल हुन थाल्यो। कसैलाइ देख्दा हुने त्यो 14 बर्सै कुतकुति फेरि भान भएझै भयो। ऊ ताल तिर एकछिन टोलायो, एकछिनपछि छिटो छिटो जुत्ता खोल्यो, ज्याकेट खोल्यो , प्यान्ट  , टि सर्ट सबै खोल्यो , सरलक्क मिलेको चिल्लो सरिर , सप्रिएका पाखुरा , पुटुस्स छाति अनि चेक हाफ कट्टु मा देखियो  । मलाइ उसले के गर्न लाग्यो भन्ने कुरा कत्ति आस्चर्य लागेन , उसलाइ देखेर टोलाउदै थिए , झ्वाम्म....... 

चर्को आवाजले झस्कायो। पुसको महिना, साझ पर्न लागेको बेला,जो कोहि मुख धुन पनि डराउने बेला ऊ बेगनास तालमा डाइभ गर्यो। 

म ल्यापटप मा बाकि  रहेको थोरै डिजाइनको काम सकाएर त्यहाबाट निस्कनु पर्छ भन्ने तरखर गर्दै थिए,तर मेरा आखा उसैलाइ खोज्दै थिए, एकपटक अन्तिम पल्ट भएनि देख्न चाहान्थे, नाम मात्रै भएपनि थाहा पाउन मन थियो। फेरि सोचे धत्,मेरो त बिहे हुने वाला छ के यस्तो झिसमिसे कुरामा अल्झिरहेको । ल्यापटप झोलामा हालेत उठ्नै मात्र के खोजेथे ऊ टुपलुक्क आइ पुग्यो, सेतो ट्राउजर , पहेलो हाइनेक, निलो चप्पल हातमा रातो कप बोकेर मैतिर आइ पुग्यो। मलाइ उठ्नै मन लागेन बसिरहे, उ मेरो छेउको कटेजमा बस्यो  , एकदम आनन्द लिएर कफि पियो, प्राय मुस्कुराइरहन्थ्यो , गुनगुनाइ रहन्थ्यो। मेरो मुटुको एउटा माकुराको जालो लागेको पाटो, जसको दिमाखबाट जमना मै तार चुट्टिसकेको थियो उसले मेरो कानमा बोल्यो 

" हेर प्रविना यो मान्छे अत्ति नै मन पर्यो, यसलाइ त हेरेर नै आधि जिन्दगि कट्छ।" 

" पागल छेस् त?? मास्टर डिग्रि छ तेरो ,के सोचेकि , समिरले तलाइ कति माया गर्छ,समाल आफुलाइ" अर्को  सध्धे चाहि बोल्यो। गल्ति  गरिसकेछु , यो सब भनाभन म उसलाइ घुरेर गरिराखेको रहेछु। ऊ अब भने मलाइ नै हेरेर मुसुक्क हास्यो , जुरुक्क उठेर आयो अनि मेरो अगाडि बस्यो। अह मेरा आखा उबाट पर सरेनन्। 

"  हेर्नू न म्याम मुस्ताङ जाड हिडेको ,यहि रात पर्यो हजुरको पनि आज यतै स्टे हो?" मान्छे भन्दा बडि नम्र रहेछ बोली ,अघि त अङ्रेजि मा मेसो नपाएको।

" ए... हो र, " म धेरै नै लजाएछु यो भन्दा बडि शब्द फुटेनन्।

एकछिन कुरा भएन , बडि एरोगेन्ट सुनिएछु झै लाग्यो आफैले सोधे,

" कहाँ बाट आउनु भएको नि??" 

" कोलाहट र साघुरोपनबाट आएको " हास्दै बोल्यो

" है... कती जान्नु भाको, कहाँ सम्म पुग्न बिचार छ त्यसो भए?" मेरो पनि हासो खुल्यो।

" जहाँ सम्म  ती कुराबाट मुक्त भएको महसुस गर्दिन" केटो मै जस्तो रहेछ।

" फराकिलो मन हुनु पर्छ , यो ठाउको कुरा कहिल्यै थिएन, यसको खोज आफुभित्र गर्नुस् " मेरो जिन्दगि यस्तै कुरा बहस गर्न त्यति बेला सम्म पर्खिरहेको थियो।


" थियो होला, ठाउले आफुभित्रको खोज त फरक पर्यो नि,जस्तै नया ठाउमा नया तरिकाले खोज्न सिकाइदिन्छन होला।" निच्च हास्यो।


" कस्तो जान्नु भएको कुरा गर्न , चिनजान गरौ न " म निडि देखिइ हाले।

"  थोरेै समयमा मान्छे चिनिने जमाना त सकिए हजुर, धेरै बेर त अब हजुर हिड्न लाग्नु भा छ" बडि नै हुन खोज्यो केटो 

 F.R.I.E.N.D.S को pheobe वाला डाइलाग याद आयो, 

` you are gona mess with messers?  

" मैले थोरै समय मै चिन्दिए भने  के गर्नु हुन्छ , "मैले बोकिसकेको झोला छेउमा राखे । मेरो अनुहार उत्साहले झन् चम्किदै गयो , त्यति उत्साह आज सम्म महससुस गरेको थिइन।

" चिनेको प्रमाणको आधार कसले तय गर्ने,कुनै सार्थकता रहला यस कुरा को" ऊ म तिर ढल्कियो।

सिरङ भयो, उसको सास मेरो कानमा पुग्यो ,मदहोस् ले छोप्यो। 

" नसकिने रहेछ बा,मान्छे हरु सग" म हासे ।

एक घण्टा जति यस्तै कुरा गरेम, हेर्दै मन परेको मान्छे बोल्दै बुझ्दै जादा झन् झन् मन पर्दै गयो।

 यस्सो फोन हेरेको समिरको 5 आमाको 10 अनि भाइ को 4 मिस कल रहेछ । झमक्कै रात पर्न आटिसकेको थियो, म साच्चि मदहोसमै थिए साएद समिरलाइ म्यासेज गरे,

" आज केटिहरु सग नाइट आउट मा छु ,फोन चलाउन केटि हरुले दिएका छैनन्, घरमा तिमी सग छु भनिदेऊ है।" अनि फोन थुपुक्क झोलामा राखे । 

 कुरा धेरै हुँदै गए, मेटाफोरिकल कुरा कुनै कुनै बेला अश्लिल सम्म पनि पुग्थे ,घरि देशको राजनिति, घरि जियो पोलोटिकल । कुरा भएनन् त केवल पर्सनल कुरा भएन्, उसले आफ्नो बारे सोध्दा साहितिक कुरा गरेर मोडिहाल्थ्यो,मैले पनि खासै चासो दिइन्। राति छेउमै क्याम फाएर गरियो, उसले रम  मगायो। पुसको चिसो मौसम ,क्याम्प फाएर , तातो रम  ,अनि एउटा जादुगर जो हर कोहिलाइ आफ्नो काबुमा राख्न सक्थ्यो , बेला बेला म झस्किन्थे म यो के गरिराखेको छु तब ऊ आफ्ना चिल्ला अोठ खोलेर हासोको पासो फ्याकिहाल्थ्यो म फसिहाल्थे । रात छिप्पिदै गयो रम चढ्दै गयो, मदहोसि  अब बेहोसि सम्म पुगिसकेको थियो। 

बिहान आखा खुले , टाउको भारि भयो, जुरुक्क उठे , झसङ झस्किय म निवस्त्र थिए, छेऊमा कोहि थिएन , हत्तपत्त लुगा लगाए ,कपाल बाधे ,गल्ति गरे मैले भन्ने पश्चताप भैसकेको थियो । राति ऊ र म बिच केही भएको हुनु पर्छ भन्ने कुराको ग्लानि बढ्दै गयो , सुटुक्क रिसेप्सनमा बिल मागे ,मेरो बिल उसैले तिरिसकेको रहेछ , यताउति केही खोजिनिति नगरि म त्यहा बाट निस्किए , मेरा पाइला छिटो छिटो बढ्न थाले , मुटु झन तेजले धड्किन थाल्यो ,पश्चतापमा चुरलुम्मै डुबिसकेको थिए ,स्कुटर स्टार्ट गरेर बेतोडले कुदाए।


छ महिना पछि सम्मपनि म उसलाइ घरि घरि सम्झिन्थे , यतिबेला समीर र मेरो बिहे पनि भैसकेको थियो । आफै भित्र त्यो कुराले घुटन हुन्थ्यो दिनहु अफिसमा चुरोट मात्रै पिउथे , एकदिन एक्कासि चक्कर आयो अनि बेहोस् भए। अफिसको सरले हस्पिटलमा चेक गराउ भनेर हस्पिटल छोड्दिनु भयो।


एकाबिहानै फोन बज्यो, 

" हेलो ....प्रबिना सर्मा पौडेल बोल्नुभएको हो?"

" हजुर .. को बोल्नुभएको??" 

" म फिस्टेल हसपिटलबाट , हजुरले अस्ति चेकअप गर्नु  भएको थियो , एकचोटि आज हस्पिटल आउनु्स् है " 

" ए हवस् हुन्छ" भनेर फोन राखे , खाना खाइवरि अफिसमा भनेर हस्पिटल पुगे।


डक्टरले आफ्नो पर्सनल क्याबिनमा लग्यो , मलाइ छवैको   सोफामा बस्न लगायो  अनि आफ्नो कुर्सिमा बसेर लामो सास तान्यो।

" प्रविना म्याम म तपाइलाइ ढाट्न चाहान्न , you are pregnent " उ मलिन देखियो।

म एकछिन छक्क परे, बिबाहित केटिलाइ pregnancy को खवर यति दुखदायि तरिकाले भनेको देखेर , मेरो मनकै दु ख बुझिसकेझै।

" सर म बिबाहित छु," 

" i know , तर तपाईं HIV पोजिटिभ देखिनु भएको छ"  भन्दै मेरो हातमा रिपोर्ट थमायो।

म अवाक् भए, आखा बाट आसु बगेको बगै गर्न थाले ,  हुत्तिएर हस्पिटल बाहिर निसिए , दिमाख भरि उसैको अनुहार झल्किन थाल्यो ,एकदम कुरुप देख्न थाल्ये त्यो अनुहार  तर त्यति बेला सम्म निकै ढिला भैसकेको थियो।।

 एउटै प्रश्न दिमाख मा घुमिरह्यो , यो HIV कसले दियो र बच्चा कसको हो???? समीर कि ऊ.....


 




Comments

Popular posts from this blog

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ &quo

सम्मोहन

 " ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर  कस्केलि  भन्थे सबै जनाले।  कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो। " घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।  "ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। माद