Skip to main content

पिशाबको न्यानो

 


"साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि।

"हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ।

"भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ " भन्दै जिस्काए।उषा लजाएर उछिट्टिएर भागि।


गेट बाहिर के निस्केको थिए रमेश भेट भयो।रमेश निकै सोझो मान्छे थियो ,होचो ,गोरो,खिस्स हास्दा गालैमा गोलो डिम्पल पर्ने,सर्ट सधै सफा राख्ने ,समग्रमा भन्दा रमेशलाइ मन नपराउने कमै नै हुन्थे।उसकि एउटि छोरी थिइ,खुब प्यारि ,गुडिया जस्ति।रमेश कि पत्नि त्यहि छोरिको प्रशुतिको बेला बितेकि रे,छोरिको पालनपोशन एक्लै गर्थयो ।बिचरा  factory मा food tec .कै जागिर भए पनि जम्मा 20000 स्यालरि हुन्थ्यो रे,साह्रै गारो छ दाइ यो छोरी पाल्न भन्दै गुनासो गर्थ्यो।बेला बेला छोरी लिएर आइराख्थयो हाम्रो घर,उषा हुरुक्कै हुन्थि रमेशकि छोरी सग।


हामी सगै निस्किदै थियौ,उसकि छोरी खुरुरु दौडेर आइ, एक्कासि।उचालेर अगालोमा हाले र गालामा म्वाइ खाए।

"अङकल हजुरले छोराछोरि पाउनु न, तपाइहरुले सक्नु हुन्न र?"रमेशकि छोरिले गाला पुछ्दै भनि।म झसङ्ग भए यति सानि फुच्छिलाइ कसरी आएको होला यस्ता कुरा भन्दा नि मलाइ हिनता बोध बडि भयो ,रमेशले छोरिलाइ तानेर गालि गर्यो र स्कुल तिर लग्यो म पनि अफिस तिर लागे।


दिन भर ग्लानि मात्रै भयो ,आफै सग  फोकटको हिनताबोध सग लडे।टाउको दुखेर आयो ,anxiety attack होला जस्तो भयो।अफिसमा दिनभर झोक्राए,खाजापनि खाइन ,बेलुका घर पुगे ,उसालाइ सब कुरा भने।"ह्या तेस्तो कुरामा पनि के पिर लि राखेको,खाना खानु बरु भनेर किचन तिर तानि" आउन नपाउदै के को खाना हो ,भन्दै थिए किचनमा हरहर मासुको बास्ना आइराखेको रहेछ,सब कुरा बिर्सेर टेबलमा बसे।"हैन कति हालेकि मासु,यत्रो माया नगर ए बुडि" भन्दै सुम्सुम्याए।त्यो दिन खाजा पनि नखाएको भएर होला खुब भात खाए अनि भात भन्दा बडि मासु।खाना खाएर सुत्न तरखर गरे टाउको दुख्याछ भन्दै।

खाटमा पल्टिन नपाउदै ,उषा आइ "लौ नु त यो खानु, aasprin अलि ठिक हुन्छ"कति माया मानेकि जस्तो लाग्यो।अौसधि दिदै गर्दा उसाका हात कापे,"केही हुन्न  हो मलाइ भन्दै अौसधि खाए,उसालाइ अगालो हालेर सुते।

बिहान उषा डाको छोडेर रुदै थिइ,घर भरि मान्छे भेला थिए।


मेरो राति heart attact ले मृत्यु भएछ। तर कसरी…. मेरो आश्चर्यको सिमा रहेन,न मलाइ आज सम्म मुटु रोग थियो न ब्लड प्रेसर नै।उषा ड्वा ड्वा रुदै थिइ,रमेश र उसकि छोरी पनि त्यहि थिए।लाशलाइ कात्रो मा बेरेर गाडिमा हाल्नै गर्दा मेरि बहिनी आइ, सुस्मा एक हुन प्रहरी सहित।यो रन्डिले मारेकि हो मेरो दाइलाइ भन्दै उसाको कपाल भुताल्न थालि।मैले मिल्ने भए सुस्माको गालामा एक चड्कन लगाउथे।बिचरिलाइ तेस्तो अबस्थामा समेत छाडिन भनेर खुब रिस उठ्यो,पहिले पनि उसालाइ नराम्रो भनेको ले सुस्मा र मेरो बोलचाल समेत बन्द भएको थियो।

प्रहरिले मेरो लासलाइ भ्यानमा हालेर लग्यो ,र उसालाइ पनि  चौकि पुर्यायो।

12 घण्टा पछि पोस्मार्टम को रिपोर्ट आयो,रिपोर्ट सुनेर म छागाबाट खसेझै भए।मेरो मृत्यु त food posion ले गर्दा भएको रहेछ।मासु र antidepressant ले निकालेको amino acid र monoamine oxide ले blood pressure बडेर heart attact भाको रहेछ।उसाले धेरै मासु दिएको सम्झेर मन तितो भयो।सेतो कोट लाएकि पुलिसले थपिन्" तेतिले मात्रै उहाको मृत्यु हुने थिएन होला तर उहाको पेटमा छुट्टै acid भेटिएको छ लगातार कागति र दूध को मिश्रणले बन्ने,तेसका कारण उहाको एक्कासि मृत्यु भएको हो।"

 

म छागाबाट खसेझै भए,उसाले एकमहिना देखि लेमन टि खुवाउन थालेको याद आयो।बिरक्त लागेर आयो,तेत्ति माया गर्ने पत्नि ले यो सब केका लागि भनेर धिक्कार्दै थिए ,एउटा पुलिसले थप्यो,"यो काम खाने कुराको राम्रो ज्ञान भएको मान्छेले मात्र गर्न सक्छ,को हो त्यो भन्दै उसाको चुल्ठो समात्यो। झल्यास्स रमेशको याद आयो,त्यो सोझो अनुहार मा एउटा राक्क्षसि रुप देख्न थाले,तेहि दिन नै तेसकि छोरिले भनेका कुराले depressed भएको याद आयो,रमेश मेरो घर आइ राखेको याद आयो,रमेशसग उषा मस्किरहेको याद आयो,दुई महिना देखि उसाले पेट दुखेछ भनेर सारिरिक नभएको याद आयो,उसाको पेट बढेको याद आयो।यी सबै कुराहरु मेरा अगाडि नाच्दा चाच्दै चाल पाइनछु  लि मरिसके भनेर।गाएर उसाको घाटि समाउन थाले,किन किन किन?? भन्दै।पुलिसले उसालाइ चौकि तिर लगे ,म त्यहि कुना मा झोक्राइरहे,मैले उसाबाट पाएको माया पिशाब को न्यानो रहेछ भन्ने हिनताबोधका साथ।


Comments

Post a Comment

Popular posts from this blog

एकोहोरो

सुर्य दिन भर रिसाएर भर्खर सेलाएर पहेला हुन लागेका थिए।हामी हिडेको 10 घन्टा भैसकेको थियो,हिमान्सि त झन थाकेर लखतरान परेकि थि,उसको कपाल पसिनाले भिजेर गालामा टासिन लागेका थिए।बिछट्टै राम्रि थेखिइ सेतो अनुहारमा रगतको तेजले गाला राता हुँदै गर्दा, अझ हावाले कपाल हल्का उडाइदिदा,गोला आखा ठुला पार्दै चिल्ला अोठ खोलेर सेता दात देखाएर मुसुक्क हास्दा साच्चै नै परि देखिइ ऊ। मेरै नजिक आएर तन्किदै अगालो हाल्न खोजि सकि नसकि। “oh god,म त यहाँ भन्दा बडि हिड्न सक्दिन है”लामो खोइरा तान्दै ऊसले भनि। “अनि trek पनि गाडिमा सुतेर हिड्छ्यौ त गुन्द्रुके।”मैले पनि प्यारो पार्दै उसलाइ जिस्काए। तीन बर्स भैसकेको थियो हामी भेट भएको काठमान्डू मा कलेज पढ्दा देखि।ऊसका बुवा आर्मिका जर्नेल थिए,उसका हजुर बुवा हरु त झन् राणाहरुको निकै नजिक थिए रे।एकचोटि गएको थिए उसको घर ,नेपाल को ईतिहास देखेर आए बाबै। “नजिकै छ रे के गाउ,होमस्टेमा मैले खवर गरिसक्या छु।” उसको हात समातेर घिच्याए उसलाइ।सकिनसकि उ पनि हिडि।डाडाको चौतारोमा पुग्यौ,ठुला ठुला छपनि अोछ्याएर,वर र पिपल सगै नारिएर बसेका थिए।लाग्दै थियो वरको धृणतामा पिपल अगालिएकि छिन,हेर्...

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म ...