हामि नेपालिलाइ खुसि हुन खास्सै ठुलो कुरा चाहिदैन। बास्तबमा हामी बाट बिश्वले प्रेरणा लिनु पर्ने हो। हामी भुइचालो जादा NTC को फ्रि कल मा रमाइदिन्छौ,बिदेशि त्रिपाल मा धान सुकाएर रमाइदिन्छौ। नाकाबन्दि हुदा बसको छतमा बस्न पाएर खुसि भइदिन्छौ। कोरोना आए घरमा म:म पकाएर रमाइदिन्छौ। हामी खुसि हुनमा पि.ह्याच.डि गरेका छौ। कसेेले घुस खाए रे भन्दा 70 करोड भन्दै हासेर उडाउने मौका छाड्दैनौ। प्रधानमन्त्रिले गतिलो काम नगरे पनि ,दयालु हामी iबुडाहरुका हावा गफलाइ नै रमाइलो मान्दिन्छौ। युटुबे ले घरबार भाडेका भिडियो त हामी एक मिनेट खेर नफालि रमाएर सदुपयोग गर्न प्रखर छौ। नायिका हरुका नया बोइफ्रन्डका कुरा नै हामिलाइ खित्ता छोडाउन काफि हुन्छन्। हामी तुइन मा हास्दिन्छौ, खरले छाएको स्कुलमा चुड्किला सुनाइदिन्छौ, कर्णालिका भिरमा रक क्लाइमबिङ गरदिन्छौ,नेपाल यातायातको ढोकामा पिङ खेल्दिन्छौ,ताराइका बाडिमा माछा मार्दिन्छौ, मुढा बटुलेर मख्क पर्छौ। हुन पनि हाम्रो यो खुबि परापुर्बकाल देखि को हो , हामी सति प्रथा सकिदा उत्सव मनाउथेम,ब्रिटेन को लागि ज्यान फाल्न जादा हामी पेन्सनमा रमाउथेम, हामी राजाका पाइला हरु देखेर रमाउथेम,हामी छाउपडि कै गोठमा रमाइदिन्थेम, हामी कसैलाइ नछोइदिइ कपडा सिलाएर रमाउथेम , हामी बादि भएर रमाउथेम, हामी काजिका हलि हुदा पाउने दुई छाकमा रमाउथेम। हामी नेपाली लाई खुसि हुन धेरै मेहेनत नै गर्न पर्दैन। हामिले 12 बर्स लागाएर आएको संबिधानका लागि काति उत्सब मनायौ, जनताले आधि पैसा जम्मा गरेर बनाएको धरहरा ठडिदा कति दङ पर्यौ, हामी सानो कुरा मै रमाइदिन्छौ। हामी 2000 बृद्ध भत्तामै रमाइदिन्छौ, हामी अरबको तातो घाम पनि रमाइदिन्छौ, अस्ट्रेलियाको किचनको वास बेसिन पाए हामि कति हो कति मख्ख, हामी नेपालमा रिन काढेर अमेरिका मा गएर त्यो रिन काम गरेर तिरेर फर्किन पाए भाग्यसालि मान्दिन्छौ,हामी बारिका तरकारि त्यहि गाडेर कम्पोस्ट बनाएर खुसि हुन्छ्यौ, बाटोको धुलो दूध पोखेर मारिदिन्छौ, इन्जिनिएर चिया बेचेर मख्क परिदिन्छ, बेला मौका डाक्टर को चिलाएको ढाड मान्छेहरु ले सेकिदिन्छन्,नर्सहरु पि.आर भएका अङकल सग दङ छन्। कोहि मान्छे लाई भने खुसि हुन अलि गार्हो परेको पनि देखिन्छ, कोहि 5 6 चोटि प्रधानमन्त्रि हुन नपाएर दुखि छन्,कोहिलाइ कालोबजारि गर्दा कस्ट भएको छ, 10 रुपे को मास्क 100 बेच्न पाएका छैनन् कुनै बेला ,70 रुपे मा बेच्न परेर छाति पिटिरहेका होलान्, प्रइभेट हस्पिटलका का साहुहरुलाइ अलि मोटो खल्ति भएका बिरामि छिट्टै मरेर कति चुकचुक भएको छ होला। नेताहरुलाइ कोहि कोहि जनताले घोटाला,भस्टचार भएको चाल पाउन थाले भनेर कत्रो घत परेको होला। तर हामिले पिर मानिहाल्नु पर्दैन, यसरी दुखि भएका नेपाली भन्दा खुसि नेपाली धेरै छन्। भएकै कुरामा रमाउने नेपाली धेरै छन, खुट्टा खालि भए पनि ढाका टोपी मै रमाइदिएका छन नेपाली,कुनै बेला भुटानि सरणनार्थि राख्ने देशका हामी आज भुटानको सहयोगमा दङ छौ। हामी सब्दमै भएपनि छातिमा हात राखेर " अग्रगामि रास्ट्र हाम्रो जय जय नेपाल!!!" मै रमाएका छौ।।
ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छो...

Comments
Post a Comment