सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए।
छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे।
"म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन,
"यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।"
हरियो पछ्यौराले टाउको छोपेकि म तिर फर्केर मुसुक्क हासिन। हल्का कालो बर्ण, चम्किला आखा, अनि लामो कपाल, निधारमा कालो टीका अनि पहेलो कुर्था सुरुवाल, पवित्र चिज नारि हुन्थिन् भने यस्तै देखिन्थिन होला। कसैलाइ देख्दा मन चोखो भए झै भयो,दुई हात जोडेर मन्दिर तर्फ आखा चिम्लेर बसिन। उनका अोैला सुरिला थिए,झन लाम्चा लाम्चा लुनुला, यो लुनुला शब्द चन्द्रमा को 'लुनार'बाट आएको त्यस बेला मात्र मैले अडकल लगाए, कसैका त्यस्ता राम्रा लुनुला हुन्छन र झै भयो। कसैको नङ म किन यसरी नियाल्दै छु भनेर मनमनै छक्क परे।
हातले मन छोएर ढोग्दै पुलुक्क म तिर हेरिन, कस्ता राम्रा आखि भौ, फ्रेन्च कर्भ कीट बाट नापेर बनाए झै,कसैका आखा यति काला हुन्छन र भन्या, गोसाइ कुन्ड जस्तै गहिरा,निश्चल,पवित्र ।यति सोच्न पक्कै मलाइ अलिक बेर लागेको हुनु पर्छ र'त, ती आखि भौ नजिकियाएर आखाका नानि जुधाउदै सोधिन्,
"के हेर्नू भएको?"
"ए केही हैन,यताबाट मेरो मान्छे आउदै छन् तेसकै बाटो हेर्या।" हडबडाउदै मैले भने।
"डेटिङ बस्न अरु कुनै ठाउ पाउँदा रहेनछन..,यस्तो पवित्र ठाउमा को बदनाम" ऊ भनभनाउदै उता फर्कि,त्यो बाडिदै गएको स्वर मैले सुनिहाले।
"अो हेलो , म डेट बस्न आएको हैन, मेरो केटा साथि हो,"मलाइ झोक चल्यो।
" ए ए" भनेर मतबल नभएको झै गरि फर्किन्।
" दुई प्रेमि नै भए पनि बदनाम कसरी भयो?? आफुले सति ,पार्बति सग प्रेम गरेर हामिलाइ त्यहि कुरा पाप भन्छन् होला र शिवले, यति कुण्थित होलान् हाम्रा महादेव ??" मैले प्रतिबाद थपिहाले।
“मैले त्यस्तो भन्या हैन के,”उ प्रायश्चित गरे झेै मतिर फर्किन्।
“यहाँ आएर पनि थुप्रै जोडि यौवनमा डुबेका देखिन्छन,हजुरलाइ नराम्रो लागे माफ गर्नु ल..। ”
उनि नम्र भइन् अनि मुसुक्क हासिन् कस्सम निकै तेजिलि थिइन् उनी, कसैले मान्छेको रुप सेतो छालामा हुन्छ भन्यो भने म अब देखि चड्कन लगाइदिन्छु सोचे।
" निकै धार्मिक हुनुहुदो रैछ नि हजुर? घरमा सबै धार्मिक हुनुहुन्छ होला है??"मैले कुरा अघि बढाए।
“मलाइ भन्नुभाको??…”
“हजुर”
“ए हैन तेस्तो,म स्वतस्फुर्त रुपमा हो”
“साच्चि!!!!” यसै ठुला मेरा आखा झन् च्यात्तिए।
“हजुर , मलाई मन लाग्छ, हाम्रो धर्ममा आस्था राख्न।” यति भन्दै झोलाबाट मोबाइल निकालिन्,फोनको कभर शिबकै थियो अनि ह्वालपेपर राम नाम को फेदा गुथेको, रातो टीका लगाएको आफ्नै फोटो। म उसको यति धेरै कुरा किन ध्यान दिइरहेको छु आफैलाई पत्तो थिएन।
“सुस्मिता,होस्टलमा अलि ढिला हुन्छ मलाइ ,भनिदेऊ हेै,अनि तिम्रो irrigation को बुक मै सग छ है। ” फोनमा कसैलाइ भनिन्।
“इन्जिनियरिङ पढ्नु हुन्छ हो?” हाम्रि कान्छिलाइ हिजो भर्खर irrigation को बुक किनिदिएको थिए,काम लागिहाल्यो।
“हजुर, तेस्रो बर्स तपाईं नि??”
“म,चिकित्सक हु, 2 महिना भयो जागिर खाएको”
“ए.. शरिर चिरेर हेर्नू भा'छ है,मन भित्र साच्चि कस्तो हुन्छ? इश्वर बसेको प्रमाण भेटाइन्छ??” उनले हास्दै मजाक गरिन्,तेसो गर्दा उनका गाला उचालिए, अनि लाम्चो मुहारमा हास्दा देखिने सेता दातले उनी झन राम्रि देखिइन्। मलाइ खपि नसक्नु भयो,
“एउटा कुरा भन्छु है?”
“भन्नुस”
“हजुर एकदमै राम्रि हुनुन्छ,सामन्य राम्रि भन्दा अलि पर नै” अब मलाइ लाज लाग्यो।
“है…. "उनले प्यारो लेद्रो तानिन्, " तर हैन सबै उति नै राम्रा भएकै हुनु पर्छ" उनले आफ्ना अघिल्ला तिर सरेको कपाल कानमा घुसार्दै भनिन्।
"त्सतो चै किन??" उत्सुक्ताको बाहानामा उनको अलिज नजिक सरे। धुप बत्तिको बाश्ना आयो, कोठामा बाल्ने गरेकि होलि मेैले अडकल लगाए।
"हामी सबै ब्रह्माका सम्रचना हौ,उनले नै बनाएपछि आफ्नै छोरा छोरिमा भेदभाव किन गर्थे होला र?"
आखि भौ उचाल्दै मलाइ जिस्काइन्। एउटा चिकित्सक,हिजो सम्म कसैलाइ देखेर ढल्छन भन्ने कुरा बकवास लाग्थ्यो ,आज हो रैछ क्या जस्तो सम्म सोच्न पुगे।
“मैले अब हजुरलाइ बोलाउन मन लाग्यो भने कसरी बोलाऊ??”कठै मेरा डेढ अक्कल।
“नाम सोध्नु भाको प्रदिप सर?”उसले हास्दै सोधिन्
“अबुइ, दिव्य द्रिस्टि पनि छ क्या हजुर सग? ”म चकित हुँदै सोधे।
“हैन अघि फोनमा हजुरको साथिले भन्नुभाथ्यो।”कति मुस्कुराइकि के मोरि भन्ने भो।
“हेर नाम नभन्न कुरा डुलाइकि..” मेरो गाउले पारा निस्कियो फेरि।
“सतरुपा,”
“कस्तो राम्रो नाम, बुवाले राख्दिनु भाको होला है?” पक्कै पण्डितकि छोरी हुनुपर्छ भन्ने अड्कलले सोधे।
“नाइ ,,, ६ कक्षा पढ्दा आफै फेरेकि मैले, यो नाम राख्दा घरमा पनि गालि गर्नू भएको थियो ”
“किन नि तेस्तो, के हो र यो नामको भित्रि चुरो?”
“ब्रह्माको पहिलो नारि सम्रचना को नाम हो”
“आहा कति महत्व बोकेको नाम,गालि चाहि किन गर्नु हो ??”
“मलाइ घरमा गालि गर्नु हुन्छ,घर्मतिर लागेकोले,म आज सम्म पशुपतिको मन्दिर भित्र छिरेको छैन, मलाए एकदमनै मन छ, तर मलाइ कशम खुवाउनु भएको छ घरमा नजानु भनेर।”
म तीन छक परे, टाठिदै भने "आम्मा ,किन तेस्तो???"
“मेरो बुवाले मन्दिर छोइदिएर अपवित्र बनाइदिएर गाउँ बाट निकालिदिएका रे” यति भनेर उनी अर्कै मुख लगाइन्।
म अवाक् भए,"छोइदिएको रे?? मैले बुझिन नि?"
“सतरुपा परियार हो नि मेरो नाम ,पहिला पहिला दलितले मन्दिर छुन हुन्न भन्थे रे,तर मलाइ मन्दिरको आवश्यकता छैन, आस्था मन भित्र हुन्छ, र त्यस्तो आस्था निकै बलियो हुने रहेछ।"
उनले यति भने पछि मेरो बोली फुटेन, मन कुडिएर आयो, उनी तर्फ एउटा जबरजस्ति हासो फाले।
“सन्ध्या आरति सुरु भयो,लागे है फेरि भेटौला ”भनेर नमस्कार गरिन, अनि सरक्क उठेर लागिन्,भिडले नछेलुन्जेल उनलाइ हेरि रहे। ग्लानि भयो आफैलाई,उपाध्य बाहुनको छोरो मलाइ आजसम्म मनले भगवान सम्झेको रिजल्टकै दिन मात्र हो, त्यो केटिको तेत्रो आस्थाले मलाइ जिन्दगि भर पुग्ने गरि गिज्याएर गयो।
फोन बज्यो ,घरबाट आमाले रैछ, पहिलो घन्टिमै ऊठाइहाले,
"कान्छा कता छस्"
"यसो हावा खान निस्केको आमा, खाना खानु भो??"
"खाए, केटि लिएर हिडेछस् क्या कान्छा, उमेर त भयो के रे?" हुदा हुदा यी बुडिमाउले पनि जिस्काउन थालिन् भन्ने सोचे।
"केटि लिएर हिडे पनि हिड तर उपाध्य बाहुन नै खजेर डुलाएस, जति जे भने पनि आफ्नो धर्ममा आस्था राख्ने हुनु पर्छ,हाम्रो धर्म जोगाउन पर्यो नि।"
अब आमाका ती बाक्यको उत्तर दिन मैले कहिल्यै दिन सक्ने छैन …।
This comment has been removed by the author.
ReplyDeleteWow 👌 👏 😮
ReplyDelete