Skip to main content

मैले देखेको फागुपुर्निमा


आमाले पुजा गर्न राखेका अवीर केशरि सुटुक्क चोरिन्थयो,एक हप्ता अगि नै बासको पिच्कारि बनाइदिन बा सग लडिबुडि गरिन्थयो,मकैका सुत्लामा हाडिको कालो  भित्र चोर खल्तिमा लुकाएर राखिन्थयो,डाडे गरामा सबै जम्मा हुन्थे ,ती निश्चल केटाकेटिलाइ न यौन दुर्व्यबहारको पिर थियो न मौका छोप्ने दाउ,बस् रङ सगै खुसि साटिन्थ्यो,जाडोमा नुहाउन नसकेका कलेटि पखालिन्थे,कट्टि खाएका साथि हरु मिसिरि दिएर फकाइन्थ्यो,होलि भनेर सुनेथेनम्,फागु पुर्निमा सानो हुदा  बेग्लै उमङगको हुन्थ्यो।।

Comments

Popular posts from this blog

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

आमालाइ चिठि

ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc  काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छो...

सम्मोहन

 " ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर  कस्केलि  भन्थे सबै जनाले।  कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो। " घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।  "ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। माद...