प्याच्च....टाउको मा केहि बजारियो, धनपति ,होर.... भन्दै जोत्दै गरेका गोरु रोक्यो। तारे गोरुले पुच्छर घुमाएर हिलो पछाडि छर्कियो। धनपतिको मुख भरि भयो, " पकलक्क मरेस् साढे " सराप्दै टोपिले मुख पुछ्यो। झमक्क साझ परिसकेको थियो, सिमसिम पानि चुहिन रोकिएको थिएन। खेताला ,बाउसे सबै हिडिसकेका थिए,झ्याउकिरि को टिईईई.. आवाज त्यहाको शुन्यता र एक्लोपन जनाउदै थिए ,टाउकोमा के ले हान्यो भनेर खुइलिएको तालु हातले छाम्यो, बाक्लो ,तातो तरल महसुस गर्यो । इस्टकोटको टर्च निकालेर हात तिर बाल्न खोज्यो, फ्यात्त.... आवाज आयो, खुर्पेटो तिर खुर्पा लिन हात बढायो, बिस्तारै फर्केर हेर्यो ,स्याखु हिलोमा खसेको रहेछ," बज्याको छाति" भन्दै धनपति मुरमुरायो।टर्च निकालेर बाल्यो ,आफ्ना हात हेरेर आखा तन्काउदै जुरुक्क उठ्यो,हत्तपत्त टर्च आकाश तिर ठड्यायो केही देखेन ।धनपति डरायो, उसका हात राताम्मे थिए, वरिपरि हिले खेतमा टर्च घुमायो आलि निरबाट रातो रङ बाडिदै गएको देख्यो बिस्तारै हिलोमा हात घुसार्यो। केही भेटेर नै होला हात झवाट्ट निकाल्यो हातमा मासुको ठुलो चौटो थियो,धनपतिले टर्च उसको हातको चौटोमा तेसार्यो। झस्क...