[कालिकोट.पिलि बजार.वि.स.2060 ] भर्खर फोन गरेर आएको थिए,छोराले बाबा! आउदा मलाइ नि बन्दुक ल्यादिनु है भन्दै थियो।मन चिसो भयो,सकुन्तलाले रोएर झन मनोबल कम बनाएकि थिइ।अस्ति भर्खर ambush मा परेर बाचेको कसले सुनाइदिएछ,त्यो रोएको सुनेर मर्छु कि भन्ने डर पलाइ सकेको थियो। हाम्रो क्याम पिलिको भिरमा थियो,भिरको तल पट्टि तिला नदि सुसाइरहन्थयो।ढुङ्गामा बसेर चुरोट सल्काए,तिला नदिको अनन्त बगान देख्दा नि रहर लाग्थयो,आफ्नो ज्यानको ठेगान नभएर होला।जनयुद्ध सुरु भएको दस बर्स भैसकेको थियो भर्ति भएका कति साथि आफ्नै अगाडि गोलि खाएर लडेको देखे,सधै पन्जा लडाइमा जित्ने जोडाहरु हात चुडाएर घर फर्के,दौडमा कहिल्यै दोस्रो नहुने बैसाखिका साहारा भए।सिपाहिको जिन्दगि न रैछ,महत्वहिन,आत्मा विहिन,दया गर्न नमिल्ने,आफ्नै भाइलाइ समेत गोलि हान्न जायज भएको,4 बर्सको छोरोलाइ पेटभर काखमा लिन नपाएको एक बाध्य यन्त्रिक बस्तु जुन अरुको इसारामा चल्छ। "कर्णेल साब को सवारि भयो, सामेल !!"भनेर सुब्दार साब कराए।बुढा कपाल फुले पनि जोसिला थिए।म...