Skip to main content

यसरी त इन्जिनियर के बन्नु



बिहान 10 बजे उठेर,चाउचाउ चबाउदै पो क्लास जानू,
घरमै आमाले मीठो मीठो खुवाएर ,आनन्दले त
इन्जिनिएर के बन्नु।
हेर्दै जङगलि जस्ता केटा नै केटासग बौला पारामा हल्लिन पो पर्छ,
राम्रा राम्रा केटि को पछि पछि तालि बजाउदै हिडेर,त इन्जिनिएर के बन्नु।
दिनकै 10 पटक 
चिया र चिया सगै पाइलट
उडाउन पो पर्छ,
मलाइ चुरोटको गन्ध नि मन पर्दैन,भन्ने मन्त्र भित्र बसेर त इन्जिनियर के बन्नु।
5 6 वटा ब्याक  2 3 चोटि तिनका स्याक त कमसेकम दिन पर्छ,
ह्या 80 आउन 1 मार्क पुगेन भन्दै हरेक सेम
टाउको समाउदै त के इन्जिनियर बन्नु।
जिन्दगि बुझेर,आफुले गर्ने हरेक कामसार्थक छन् कि छैनन्  भनेर चिन्नु पर्छ,
मैले फलानो कम्पनि मा यति स्यालरिमा जागिर
खान छ भन्ने उदेश्यले त के इन्जिनियर बन्नु।।

Comments

Popular posts from this blog

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

पलायनवाद

 माझिकुनाको रेस्टुराँमा आउदै फर्किदै गरेका छाल हेर्दै टोलाउदै थिए,ती छाल कहिले साना साना माछाहरु पाहुना बोकेर किनारा सम्म ल्याइदिन्थे तर नलिइ फर्किन्थे,बिचरा माछाहरु धोका महसुस गर्थेनेन् जसोतसो पुगिहाल्थे तिनै छाललाई पछ्याउन। मौसम खुलिसकेको थिएन ,पुसको महिना घरि घरि हुस्सु घेर्न आइरहन्थ्यो,मेरो अगाडिको चिया देखेर झस्किन्थ्यो , सुर्य चुरोट निकाले बालेर लामो सर्को तानेपछि हुस्सु मसग रिसाउदै भन्केर भाग्थ्यो।म मुसुमुस हास्थे त्यो cylimdrical चुरोट वोल्टाइपल्टाइ हेर्थे फेरि लामो चुम्बन दिन्थे, मलाइ  चुरोट को चुम्बनको चाहाना   त्यस्तो नौलो त थिएन तर पनि त्यो चिसो पलको चुम्बन अलग थियो ,सायद यौन स्खलन हुने बेलाको चुम्बन हुनु पर्छ। भित्रै सम्म आन्नद दिने गरि न्यानो दिदै थियो , मसग चिपिक्क चप्किरहने ती महङ्गा ज्यागेट २० रुपेको  चुरोट सग डाहाले जलिरहेका थिए। यस्तै बकम्फुसे कुरामा  बहकिदै थिए समीर को म्यासेज आयो।  ` बेबस्,कहाँ छौ , तीन घन्टा भैसक्यो अनलाइ नआएको ,कहाँ गैकि? ´ समीर सारै इनसेकुउर थियो, दिनहुँजसो कुरा हुन्थ्यो, प्रेम सम्बन्धमा बसेकै 4 बर्स भैसकेको थिय...

एकोहोरो

सुर्य दिन भर रिसाएर भर्खर सेलाएर पहेला हुन लागेका थिए।हामी हिडेको 10 घन्टा भैसकेको थियो,हिमान्सि त झन थाकेर लखतरान परेकि थि,उसको कपाल पसिनाले भिजेर गालामा टासिन लागेका थिए।बिछट्टै राम्रि थेखिइ सेतो अनुहारमा रगतको तेजले गाला राता हुँदै गर्दा, अझ हावाले कपाल हल्का उडाइदिदा,गोला आखा ठुला पार्दै चिल्ला अोठ खोलेर सेता दात देखाएर मुसुक्क हास्दा साच्चै नै परि देखिइ ऊ। मेरै नजिक आएर तन्किदै अगालो हाल्न खोजि सकि नसकि। “oh god,म त यहाँ भन्दा बडि हिड्न सक्दिन है”लामो खोइरा तान्दै ऊसले भनि। “अनि trek पनि गाडिमा सुतेर हिड्छ्यौ त गुन्द्रुके।”मैले पनि प्यारो पार्दै उसलाइ जिस्काए। तीन बर्स भैसकेको थियो हामी भेट भएको काठमान्डू मा कलेज पढ्दा देखि।ऊसका बुवा आर्मिका जर्नेल थिए,उसका हजुर बुवा हरु त झन् राणाहरुको निकै नजिक थिए रे।एकचोटि गएको थिए उसको घर ,नेपाल को ईतिहास देखेर आए बाबै। “नजिकै छ रे के गाउ,होमस्टेमा मैले खवर गरिसक्या छु।” उसको हात समातेर घिच्याए उसलाइ।सकिनसकि उ पनि हिडि।डाडाको चौतारोमा पुग्यौ,ठुला ठुला छपनि अोछ्याएर,वर र पिपल सगै नारिएर बसेका थिए।लाग्दै थियो वरको धृणतामा पिपल अगालिएकि छिन,हेर्...