Skip to main content

यसरी त इन्जिनियर के बन्नु



बिहान 10 बजे उठेर,चाउचाउ चबाउदै पो क्लास जानू,
घरमै आमाले मीठो मीठो खुवाएर ,आनन्दले त
इन्जिनिएर के बन्नु।
हेर्दै जङगलि जस्ता केटा नै केटासग बौला पारामा हल्लिन पो पर्छ,
राम्रा राम्रा केटि को पछि पछि तालि बजाउदै हिडेर,त इन्जिनिएर के बन्नु।
दिनकै 10 पटक 
चिया र चिया सगै पाइलट
उडाउन पो पर्छ,
मलाइ चुरोटको गन्ध नि मन पर्दैन,भन्ने मन्त्र भित्र बसेर त इन्जिनियर के बन्नु।
5 6 वटा ब्याक  2 3 चोटि तिनका स्याक त कमसेकम दिन पर्छ,
ह्या 80 आउन 1 मार्क पुगेन भन्दै हरेक सेम
टाउको समाउदै त के इन्जिनियर बन्नु।
जिन्दगि बुझेर,आफुले गर्ने हरेक कामसार्थक छन् कि छैनन्  भनेर चिन्नु पर्छ,
मैले फलानो कम्पनि मा यति स्यालरिमा जागिर
खान छ भन्ने उदेश्यले त के इन्जिनियर बन्नु।।

Comments

Popular posts from this blog

गलैंचि

  पहेलो फुुल, फिरफिरे झेै घुुम्दै कपाल मा झर्यो। कपालमै गुटुमुटु हुन खोज्यो, मेरा गुन्द्रुक कपाल,फुुललााइ झन लुकाउन खोज्दै थिए तर भेेटाइहाले। गलैंचिको फुुल, फेेरि जसले पनि देख्ना साथ नाकमै पुर्याइ हाल्ने।बासना नै तेस्तै छ त मोरोको, मेरो के दोश। नाकले छिच्याउदै,फुुल भित्रै लगेर एक लामो सास फेेरे। "यो फुुलको सबै बासना नसकाइ छाड्दिन।" मनमनै सोचे। मेरा काला,काला हातमा त्यो फुुल हास्दै थियो, म तिर हेर्दै ," त भन्दा कति राम्रो छु ,देखिस््!!" यस्तै भन्दै थियो पक्कै। " कस्तो छुच्चो, म पनि राम्रि छु" भनेर एकछिन त बाज्थे होला त्यो सग मिल्ने भए। मेरा हजुर बुवाले कश्मिर बाट ल्याउनु भएको रे, यो गलैंचिको बोट, सन्सार मध्येकै जेठा गलैंचि मा पर्छ होला। पोहोर चेैतमा यसका दुइबटा हागाले साथ छोडेका, बुबा सम्म अााइपुुग्दा यसले फेदमा सिमेन्टको नया बैसाखि भने पाएको छ। बोटमा चढ्न सबैलाइ मैले मनाहि नै गरिदिएको छु, हागा बुढा भैसकेका छन।  मैले भने गलैंचिले अाफेै " रोटेले टोकेर पात दुखाए " भन्दा उक्लेर घबाइदिन्थे।समग्रमा भन्दा यो गलैंचिको बोट एकदम प्यारो थियो,मेरा लागि। ती फ...

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म ...