घरको पुरानो closet मा 10 पढ्दाको slam book भेटाए।साथिहरुले गिज्याउन राखेका नाम झलझलि टल्किए तिनका अटोमा।गज्जबका दिन थिए सैनिक होस्टलका क्षण।थिन त अहिलेको लक डाउन जस्तै लाग्थ्यो ऊ बेला त्यहाको जीवन ,तर अहिले सम्झिदा ,छुट्टै ,बेग्लै रमाइलो लाग्छ।10 बर्सको थिए होला,आमाको सारिको सप्कोमा रातो मुख पार्दै ,रुदै,बिचरि आमालाइ रुवाउदै म सैनिक स्कुल छिरेको थिए।त्यहाको पि.टि ,washing & bathing,gardening,arrangements,lunch,morning study,dudh,थिनारोट बिस्कुट,barber, एक तिर थिए भने dinner,sports, tv show,glucose buscuit,tea,evening study featuring meat dinner along after it, अर्को तिर।यि सब मनगडन्ते स्वर्ग नर्क जस्ता लाग्थ्यो ।अच्मम लाग्छ मान्छेहरु नजानि नजानि काटा चम्चाले खाना खाएर कत्रो फुइ लाउछन,हामी टेबल मुनि लुकेर हातले खाना खादा,बाले डाइनासोर चढेर स्कुल गाको काहानि बन्दा बर्ता adventures लाग्थ्यो।पानी पर्दा raincoat लाएर राति मन परेको फुटबलरको celebration गर्थ्यौ,कहिले काहीँ समातिएर bend down,frontroll,hunching को फेला परिन्थयो।evening study मा कपि च्यातेर virtual pubg vanda बर्ता war चल्थ्यो।फसियो भने ypp sir डिनर कट भन्दै धम्क्याउनु हुन्थयो। सैनिक स्कुलका मासु र पुलाउ दुई अनमोल रत्न थिए। स्कुलको साधारण बिध्यार्थि थिए तर त्यो ट्रयाक सुटले निकै धेरै कुरा सिकाएछ।कलेटि परेका कलस सटमा ओलम्पिक नै खेलिएछ पत्तो भएन।क्याबिन का झ्याल फोरेर क्रिकेट खेल्न सिकिएछ,केटाहरुका मोजा बिजोडि बनाएर फुटबल।आर्मि अङकले खुवाएका लेन्जिङले gymnast भैएछ,senior का बेन पेलाइले bodybuilder.अहिले घरमा internet ,tv,मनपरेको खानेकुरा,पेट भरिन्जेल सुत्दा 2 हप्तैमा suffocatin भैराछ , सैनिक स्कुलमा सधै एउटै कपडा,एउटै shedule,न मोबाइल,न टि.भि,तोकिएको खाना,एउटै area मा 9 बर्स बिताउदा 1 मिनेट नरमाइलो लागेन।अहिले सम्झनामा ती पलहरु कति सवर्ण रहेछन आभास हुँदै छ।
ढोग गरे,सन्चै छौ होला नि आमा?उत्तर त मलाइ नि था छ।त बाथले खुब पिरोल्छ होला है,फेरि त्यो बेतेनिको भिरबाट सिरु नल्याए त त्यो भसारेले दूध पनि दिदैन।यो पालि त तिम्ले बेचेका ढुङ्ग्रि कमाउला भन्ने कत्रो आशा थियो।खै यो मरभुमिको बालुवा न हो आफ्नो केहि चल्दैन।साहुलाइ हजुर मेरि आमालाई बाथले हिड्न नसक्ने बनाइसक्यो,यो चोटि पैसा पाउ न भन्दा तीन दिन खान नपर्ने गरि झपार्यो। कति खुसि थिए म, तिम्ले बाकान पकाएर ,कनिकाको भात पस्किदा।अगेना माथिको अगार भात भरि झर्थे सेतो आकास मा काला तारा चम्किए झै।बिपनाले दाइ ला भन्दै आलु पोलेर ल्याउथि,जामा भरि कुरो जेलाउदै आउथि मैले आज एक झोला बगेर टिपे भन्थ।त्यसले ठुला ठुला आखा पार्दै ,दाइ मलाई सरले डाक्टर बन्नु पर्छ भन्नुभाछ भन्थि।slc काटउन सकिन ,हुन त पढ्न नै कहाँ पाई र बिचरि।तिनतले जम्दारको छोरो हुरुक्कै हुन्थयो हाम्रि बिपना देखेर,दाइजो सोफा र टिभि मागेछन रे छोरासग बे गर्दिने सग।आमा तिम्रो पोड्का गासेर लाको कत्ति मन नमानेर कतार आको ,खै केही गर्न सके झै लाग्दैन।अब त मकुतेको खरबारि पनि डोजरले खन्यो भन्छन,कसरी छाउछ्यौ आमा घर,बुधि आमाका पोहोरै हो टिन फेरेका,उनका छो...
Comments
Post a Comment