Skip to main content

एकोहोरो

सुर्य दिन भर रिसाएर भर्खर सेलाएर पहेला हुन लागेका थिए।हामी हिडेको 10 घन्टा भैसकेको थियो,हिमान्सि त झन थाकेर लखतरान परेकि थि,उसको कपाल पसिनाले भिजेर गालामा टासिन लागेका थिए।बिछट्टै राम्रि थेखिइ सेतो अनुहारमा रगतको तेजले गाला राता हुँदै गर्दा, अझ हावाले कपाल हल्का उडाइदिदा,गोला आखा ठुला पार्दै चिल्ला अोठ खोलेर सेता दात देखाएर मुसुक्क हास्दा साच्चै नै परि देखिइ ऊ।
मेरै नजिक आएर तन्किदै अगालो हाल्न खोजि सकि नसकि।

“oh god,म त यहाँ भन्दा बडि हिड्न सक्दिन है”लामो खोइरा तान्दै ऊसले भनि।
“अनि trek पनि गाडिमा सुतेर हिड्छ्यौ त गुन्द्रुके।”मैले पनि प्यारो पार्दै उसलाइ जिस्काए।

तीन बर्स भैसकेको थियो हामी भेट भएको काठमान्डू मा कलेज पढ्दा देखि।ऊसका बुवा आर्मिका जर्नेल थिए,उसका हजुर बुवा हरु त झन् राणाहरुको निकै नजिक थिए रे।एकचोटि गएको थिए उसको घर ,नेपाल को ईतिहास देखेर आए बाबै।
“नजिकै छ रे के गाउ,होमस्टेमा मैले खवर गरिसक्या छु।”

उसको हात समातेर घिच्याए उसलाइ।सकिनसकि उ पनि हिडि।डाडाको चौतारोमा पुग्यौ,ठुला ठुला छपनि अोछ्याएर,वर र पिपल सगै नारिएर बसेका थिए।लाग्दै थियो वरको धृणतामा पिपल अगालिएकि छिन,हेर्दै फिल्मि देखिन्थयो बराका ठुला पातमा पिपलका साना पात अडिएको देख्दा। हसिया उदाउन राखेका ढुङ्गा चिल्लिएका थिए,केटाकेटिले बाघचाल खेलेर ती छपनि रङ्गाएका थिए।पल्लो पट्टिको खरबारिबाट ठुलो भारि बोकेर एउटा बा आए ,लामो सुस्केरा हालेर भारि बिसाए ।काम को थकान ले होस् या जिन्दगिको पिल्सियानले उनको सुस्केराले छुट्टै अत्यास झल्काउथयो।टाउकाको टोपी खोलेर बुढाले तालु देखाए अनि पसिना पुछे एकपटक हामिलाइ पुलुक्क हेरे अनि बचेका तनटा दात देखाउदै भने
“नानि हरु हिमचुलिको फेद घुम्न आउनु भाको होला है?”
हिमान्सि फुत्त तल झरि 
“बुवा,गार्हो भएको छैन यति ठुलो भारि बोक्न?अब त…."
मतिर हेरेर “rest लाई के भन्नि रे?” मेैले हास्दै भन्दिए।
“आराम गर्ने बेला भयो हजुरको" यति भन्दै गर्दा उसले ती बाको फोटो खिचि,झोलाबाट पानी निकालेर दि ।ती बा ले हिमान्सिको टाउकोमा हात राखेर हास्दै थिए।उ माथि पट्टि आइ ,ती बाले चाइ बिजुलि चुरोट निकालेर सल्काउन थाले ।हामिलाइ गाउँ तिर जाने बाटो देखाउदै ती बाजे धुवा सगसगै बोले
“नानि हरु यो गाउमा नबस्नु ,यो गाउँ ठिक छैन बरु रात भरि हिड्नु ,कोहिसग नबोल्नु,कोहिलाइ नछुनु।”
एकचोटि अलि डराए जस्तो गर्यौ अनि मुन्टो हल्लाउदै हास्यौ बुडाले गाउभरि बदमासि गरेछन् क्या भन्ने सोच्यौ,बिस्तारै गाउतिर लाग्यौ।
गाउमा छुट्टै चहलपहल थियो।कोहि बनबाट दाउराका भारि बोकेर आउदै थिए,कोहि घासका भारि ।केटकेटि हरु चौरमा छोइडुम खेल्दै थिए,युवाहरु जोसिलो स्वभावमा भलिबल पड्काउदै थिए।बुडा बाहिर पिढिमा बसेर चिलिम सल्काउन लागेका थिए,कोहि चोहा गास्दै डोको बुन्दै थिए।आमाहरु भने कम नै देखिए साएद सबै जना भान्सामा ब्यस्त थिए होलान। आगोको ,धुवाको,माटोको ,एउटा गन्ध आउदै थियो।पवित्रताको कुनै गन्ध हुन्थयो भने त्यस्तै आउथ्यो होला।घिउमा च्वाइय प्याज पडेको अावाजले गाउसग हामिलाइ नजिक्याउदै थियो।

तर हामी आश्चर्यचकित थियौ,त्याहा का कुनै पनि मान्छेले हामिलाइ देखेझै गरेनन्।हामी घरमै गएर पानी माग्दा कोहिले सुनेनन्।एउटा बाको नाजिकै गएर चिच्यायौ तर पनि सुनेनन्।हिमान्सि डराइ मेरो डर भने मैले लुकाउन खोजे। हामी होटल खोज्दै हिड्यौ।एकछिनमा एउटा ठुलो आवाजमा कोहि करायो ।त्यो आवाज मान्छेको हो भन्दा पत्याइनसक्नु चर्को थियो।परवाट धुलो उडाउदै थुप्रै मान्छे दकुर्दै आए हामी डरायौ,हिमान्सि रुन लागि मैले उसलाइ तानेर बाटो माथिको ढिस्को मा पुर्याए।उसको मुख थुनेर टुक्रुक बस्यौ न्यालोको झ्याङले छेक्ने गरेर।मान्छेहरु मान्छे जस्तो व्यवहार गरिरहेका थिएनन्,ती भारि बोकेका महिला भारि सगै दगुरि रहेका थिए,केटा केटि हरु हातमा खुकुरि ,दाउ बोकेर दौडिरहेका थिए।हिमान्सि काप्न लागि ,सुक्कसुक्क गरेर रोइरहि।एकछिनमा सन्नाटा छायो,चुक घोप्टाएझै त्यो रातमा हामी खोल्सामा लुकिरह्यौ।मैले निकै आट गरेर हिमान्सिको हात समाएर त्यहाँ बाट निस्किन खोजे।धारा नीर पुग्ननै के आट्या थे अलि पर मान्छे रोएको सुन्न थाल्यौ,हिमान्सि झन डराइ मेरो पछाडि रुदै थिइ ऊ।चिछ्याहट र रोदन नजिकिदै गयो ,सङ्ख बजेको सुनियो एकोहोरो।अहिले भने मेरो पनि शरीर काप्न थाल्यो। धारोको नजिकै बाट लावालस्कर सेता चिज देखिए।टाढाबाट हेर्दा त सेता मोटर को ताति जस्तो देकखिन्थे तर ती नजिकिदै गर्दा मेरो होस उड्यो।मानिसहरु रुदै कराउदै लाशहरु बोकेर हिड्दै थिए।लास यति थिए भनेर यकिन गर्न सकिन बस मेरा आखा खुलेको खुल्यै भए।अघि जसरि हाम्लाइ देख्दैनन् जस्तो लागेर हामी धारो मै बसिरह्यौ टाउको मुडुलेका मान्छेहरु हामिलाइ रिसले ठुला ठुला आखा पार्दै हिडे।म झन डराए ,ती लावालस्कर मध्ये एउटा बूढो मान्छे टक्क रोकियो।मतिर तोडले हानियो,म हच्किएर पछाडि हटे हिमान्सि होसमा थिइन। त्यो मान्छेले मेरो ज्याकेटको कलर समात्यो अनि घोक्रायो।
“यो सब तैले तर्दा भएको हो,तिमिहरु यी सबै मान्छेको मृत्युको लागि जिम्बेवार छौ”
जङगिदै मालाइ धारामा धकेल्यो ,हिमान्सि भुइमा लडिरहेकि थिइ,मैले धमिलो देख्न थाले,म रन्थनिए खै के सोचे झोला फ्यात्त फालेर हिमान्सिलाइ बुइ बोके,अनि त्यो अन्धकारमा दौडिए । मैले केही देखिन, एक्कासि म केहिबाट खसे जस्तो भयो, र खसिरहे।
कसैले चिमोटे झै भान भयो ,हिमान्सिले रैछ।आखा बल्ल खुले झै भयो,हिमान्सि अझै बुइ मै थिइ।म फेरि रन्थनिए,वरिपरि हरियालि थियो त्यहि गाउँ जाने बाटो अगाडि देखियो ।
“अझै आइ पुग्या छैन भन्या? त्यो बाजेले त एकै छिन मा पुगिन्छ भन्थे त।” हिमान्सिले थाकेको पारामा कानमा बोली।
 म अब पागल हुन मात्र बाकि थियो। हिमान्सिलाइ अोराले ,हत्तपत्त उसलाइ सोधे
“मलाइ के भएको थियो?…..म कहाँ छु ?..ती बाजेलाई हाम्ले साच्चि भेटेको हौ र??” म आत्तिए।
“पागल,भर्खर त भेटेको ती बाजेलाइ मैले फोटो पनि खिच्या छु ।” भनेर फोन देखाउन लागि।
मैले हतार हातार फोन खोसे ।फोटो हेरेर म रिनिन्न भए। हिमान्सि ले फोन खोसि।
“लौ मैले ती बाजे सग फोटो खिचेको हो।फोटो मा त कोहि छैन त।मैले selfi पनि खिच्या थे यसमा पनि म एक्लै छु त के हो??” हामी मुखामुख गर्न थाल्यौ।
अलिपर रहेको वर पिपलको चौतारो बतास सगै सुसाउन लाग्यो हामी दुइजना नै त्यहा एकोरिरह्यौ।।

Comments

Popular posts from this blog

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म ...