Skip to main content

ठुुलिाआमा

“ए ठुल्या,"भनेर बोलाउदा " होइ" भनेर खिसिक्क हासिन् बुढिमाऊ।
“आइजो बस्,कहिले आईश त कान्छा?”
“हिजै आको ,असार गर्न पर्यो नि ।तिम्रा हिला पस्यौ?”
“हाम्रो कति नै छ र,ठुला कान्छा सग परेलि लगा छ ,एक हल चाहि बेसाएर रोप्न पर्ला।”
यति भन्दै भित्र पसिन।हाम्रि हजुरआमा कि साथि थिइन,ठुलिआमालाई सहजिकरणले ठुल्या बनाको थियो।ठुलिआमाको अनुहारले छुट्टै दर्दनाहट झल्काउथ्यो।76 बर्सको त्यो अनुहार चाउरिएर मुजा परेका थिए,आधा मात्रै बचेका कपाल सबै फुलेर सेतै थिए,कानका मु्द्रिले लोति तुरलुङ्ग पारेका थिए,अौशि पुर्ने कुर्नु पर्थ्यो ती हासेर बचेका दुई चार वटा दात देख्न।बिधवा भएर पनि होला कुनै रङ देखिन्थेन उनको अनुहारमा।।सुतिको फरिया प्राय एउटै हुन्थयो उनको,फेर्नलाइ अरु थिएनन् होला पनि।भित्रबाट स्टिलको गिलास र ठेउको(चकटि)बोकेर आइन।
“ला,तातो दूध पि।दिनभर बाउसे गर्ने मान्छे आत दह्रो हुन पर्छ।”
ठेउको तानेर बसे पिढिमा।स्याखु आोढेर आएको थिए पालिमा झुन्डाए।झरि परिरहेको थियो ,मकै झ्याम्मिएर एसै घरहरु छेकिन्थे,दिनभरको थकान त्यमाथि ठुलिआमाको त्यो जिन्दगिले पिल्सिएर निराशाको डिलमा पुर्याएको अनुहार।मनमा छुट्टै नरमाइलो पन आउथ्यो।
“त जत्रै थियो ,हाम्रो शङ्खर माअोवादिले लैजादा”
ठुल्या टिलपिल हुन थालिन्।म अक्क न वक्क भए।शङ्खर दाइ हाम्रा बाबा का साह्रै मिल्नै साथि थिए रे।स्कुलमा पढाउथे,सामन्ति ,शोसक सग लड्नु पर्छ भन्थे रे,बाबाले आर्मिमा भर्ति हुन खुब कर गर्नु हुन्थ्यो रे,मान्थेनन रे।
‘म सामन्ति हरुको गुलाम हुन्न भन्थे रे।’उहिलेको जमाना मा त्यस्ता सोच भएका युबा थिए भनेर थाहा पाउँदा दिक्क लाग्छ। सिङ्गो युग परिवर्तन को सामर्थ राख्दा रैछन शङखर काकाले भन्ने सोचे। शङखर दाइ सहिद भएको खवर ठुलिआमाले शान्ति सम्झौता पछि मात्रै पाएकि रे।आमाको मननै हो ,आशाको त्यान्द्रोमा धेरै बर्स झुन्डिइन।तिनकि छोरी पनि थिइन,रमा दिदी ,मैले पनि देखेको थिए रमा दिदी लाई।अनुहार भने याद छैन तर गाउँ भरि मै राम्रि थिइन।यहि नजिकको मख्खोरिको बनमा गोलि हानेर मारेका रे सेनाले।
दूध पिउदै गर्दा ती आमाका सबै रोदन महसुस गरे।सबै कुरा फिसल्दै फिस्स हासिन् बुढिमाऊ,
“अो… जिन्दगि यस्तै रैछ सन्ते,कोहिलाइ सुख छैन अब रोग नलाग्दै मर्न पाए हुन्थयो।घर आगनकै मादिमा पोले स्वर्ग पुगिन्थयो।”
त्यत्रा पिर,चुहिदै गरेको खरको छानो,त्यो मुसलधारे झरि ,ती सहिद भएका छोरा छोरी ,त्यो खुइलिएको फरिया,च्तायिएको चोलो बिच ऊज्यालो मुस्कान दिइन ठुलिआमाले।मैले पाएको सुखसएलमा हुर्काएको Depression लाई ब्यङ्ग्य गर्दै।

Comments

Popular posts from this blog

गलैंचि

  पहेलो फुुल, फिरफिरे झेै घुुम्दै कपाल मा झर्यो। कपालमै गुटुमुटु हुन खोज्यो, मेरा गुन्द्रुक कपाल,फुुललााइ झन लुकाउन खोज्दै थिए तर भेेटाइहाले। गलैंचिको फुुल, फेेरि जसले पनि देख्ना साथ नाकमै पुर्याइ हाल्ने।बासना नै तेस्तै छ त मोरोको, मेरो के दोश। नाकले छिच्याउदै,फुुल भित्रै लगेर एक लामो सास फेेरे। "यो फुुलको सबै बासना नसकाइ छाड्दिन।" मनमनै सोचे। मेरा काला,काला हातमा त्यो फुुल हास्दै थियो, म तिर हेर्दै ," त भन्दा कति राम्रो छु ,देखिस््!!" यस्तै भन्दै थियो पक्कै। " कस्तो छुच्चो, म पनि राम्रि छु" भनेर एकछिन त बाज्थे होला त्यो सग मिल्ने भए। मेरा हजुर बुवाले कश्मिर बाट ल्याउनु भएको रे, यो गलैंचिको बोट, सन्सार मध्येकै जेठा गलैंचि मा पर्छ होला। पोहोर चेैतमा यसका दुइबटा हागाले साथ छोडेका, बुबा सम्म अााइपुुग्दा यसले फेदमा सिमेन्टको नया बैसाखि भने पाएको छ। बोटमा चढ्न सबैलाइ मैले मनाहि नै गरिदिएको छु, हागा बुढा भैसकेका छन।  मैले भने गलैंचिले अाफेै " रोटेले टोकेर पात दुखाए " भन्दा उक्लेर घबाइदिन्थे।समग्रमा भन्दा यो गलैंचिको बोट एकदम प्यारो थियो,मेरा लागि। ती फ...

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म ...