माझिकुनाको रेस्टुराँमा आउदै फर्किदै गरेका छाल हेर्दै टोलाउदै थिए,ती छाल कहिले साना साना माछाहरु पाहुना बोकेर किनारा सम्म ल्याइदिन्थे तर नलिइ फर्किन्थे,बिचरा माछाहरु धोका महसुस गर्थेनेन् जसोतसो पुगिहाल्थे तिनै छाललाई पछ्याउन। मौसम खुलिसकेको थिएन ,पुसको महिना घरि घरि हुस्सु घेर्न आइरहन्थ्यो,मेरो अगाडिको चिया देखेर झस्किन्थ्यो , सुर्य चुरोट निकाले बालेर लामो सर्को तानेपछि हुस्सु मसग रिसाउदै भन्केर भाग्थ्यो।म मुसुमुस हास्थे त्यो cylimdrical चुरोट वोल्टाइपल्टाइ हेर्थे फेरि लामो चुम्बन दिन्थे, मलाइ चुरोट को चुम्बनको चाहाना त्यस्तो नौलो त थिएन तर पनि त्यो चिसो पलको चुम्बन अलग थियो ,सायद यौन स्खलन हुने बेलाको चुम्बन हुनु पर्छ। भित्रै सम्म आन्नद दिने गरि न्यानो दिदै थियो , मसग चिपिक्क चप्किरहने ती महङ्गा ज्यागेट २० रुपेको चुरोट सग डाहाले जलिरहेका थिए। यस्तै बकम्फुसे कुरामा बहकिदै थिए समीर को म्यासेज आयो। ` बेबस्,कहाँ छौ , तीन घन्टा भैसक्यो अनलाइ नआएको ,कहाँ गैकि? ´ समीर सारै इनसेकुउर थियो, दिनहुँजसो कुरा हुन्थ्यो, प्रेम सम्बन्धमा बसेकै 4 बर्स भैसकेको थियो, कलेज सगै पढेका थियौ ,मरिहत्ते ग
हामि नेपालिलाइ खुसि हुन खास्सै ठुलो कुरा चाहिदैन। बास्तबमा हामी बाट बिश्वले प्रेरणा लिनु पर्ने हो। हामी भुइचालो जादा NTC को फ्रि कल मा रमाइदिन्छौ,बिदेशि त्रिपाल मा धान सुकाएर रमाइदिन्छौ। नाकाबन्दि हुदा बसको छतमा बस्न पाएर खुसि भइदिन्छौ। कोरोना आए घरमा म:म पकाएर रमाइदिन्छौ। हामी खुसि हुनमा पि.ह्याच.डि गरेका छौ। कसेेले घुस खाए रे भन्दा 70 करोड भन्दै हासेर उडाउने मौका छाड्दैनौ। प्रधानमन्त्रिले गतिलो काम नगरे पनि ,दयालु हामी iबुडाहरुका हावा गफलाइ नै रमाइलो मान्दिन्छौ। युटुबे ले घरबार भाडेका भिडियो त हामी एक मिनेट खेर नफालि रमाएर सदुपयोग गर्न प्रखर छौ। नायिका हरुका नया बोइफ्रन्डका कुरा नै हामिलाइ खित्ता छोडाउन काफि हुन्छन्। हामी तुइन मा हास्दिन्छौ, खरले छाएको स्कुलमा चुड्किला सुनाइदिन्छौ, कर्णालिका भिरमा रक क्लाइमबिङ गरदिन्छौ,नेपाल यातायातको ढोकामा पिङ खेल्दिन्छौ,ताराइका बाडिमा माछा मार्दिन्छौ, मुढा बटुलेर मख्क पर्छौ। हुन पनि हाम्रो यो खुबि परापुर्बकाल देखि को हो , हामी सति प्रथा सकिदा उत्सव मनाउथेम,ब्रिटेन को लागि ज्यान फाल्न जादा हामी पेन्सनमा रमाउथेम, हामी राजाका पाइला हरु देखेर रमाउथे