Skip to main content

Posts

गलैंचि

  पहेलो फुुल, फिरफिरे झेै घुुम्दै कपाल मा झर्यो। कपालमै गुटुमुटु हुन खोज्यो, मेरा गुन्द्रुक कपाल,फुुललााइ झन लुकाउन खोज्दै थिए तर भेेटाइहाले। गलैंचिको फुुल, फेेरि जसले पनि देख्ना साथ नाकमै पुर्याइ हाल्ने।बासना नै तेस्तै छ त मोरोको, मेरो के दोश। नाकले छिच्याउदै,फुुल भित्रै लगेर एक लामो सास फेेरे। "यो फुुलको सबै बासना नसकाइ छाड्दिन।" मनमनै सोचे। मेरा काला,काला हातमा त्यो फुुल हास्दै थियो, म तिर हेर्दै ," त भन्दा कति राम्रो छु ,देखिस््!!" यस्तै भन्दै थियो पक्कै। " कस्तो छुच्चो, म पनि राम्रि छु" भनेर एकछिन त बाज्थे होला त्यो सग मिल्ने भए। मेरा हजुर बुवाले कश्मिर बाट ल्याउनु भएको रे, यो गलैंचिको बोट, सन्सार मध्येकै जेठा गलैंचि मा पर्छ होला। पोहोर चेैतमा यसका दुइबटा हागाले साथ छोडेका, बुबा सम्म अााइपुुग्दा यसले फेदमा सिमेन्टको नया बैसाखि भने पाएको छ। बोटमा चढ्न सबैलाइ मैले मनाहि नै गरिदिएको छु, हागा बुढा भैसकेका छन।  मैले भने गलैंचिले अाफेै " रोटेले टोकेर पात दुखाए " भन्दा उक्लेर घबाइदिन्थे।समग्रमा भन्दा यो गलैंचिको बोट एकदम प्यारो थियो,मेरा लागि। ती फ...

नजिकको तिर्थ

  सु्र्य अस्ताउदै गर्दा मिठा ,सुनौला किरण बाड्दै थिए। पिधमा बसेको गुलियो पन जस्तेेै ती अन्तिम किरण सबै जना टिप्न हानथाप गर्दै थिए। बागमति पारिको बेन्जमा बसेर म भने पशुपतिको मन्दिको त्यो दिव्य मुहार हेर्नै मा तल्लिन थिए। सुर्यका ती किरण मन्दिरका सुनौला जस्तालाइ अझेेै तेजवान बनाउदै थिए,कृतिम बत्तिहरु पनि आफ्ना जोड दिदै थिए तर पनि स्वयम् पशुपति नाथको तेज बेग्लै थियो। कैलाशबाट आफ्नो मनपर्ने ठाउ अनुगमन गर्ने मनसायले होला,पशुपतिनाथ मन्दिरको त्यो बिराजमान गहिरि महासागरमा मोति चम्के झै थियो। छेउकै आर्यघाटमा जलिरहेका लाशहरु पनि सिधै स्वर्ग पुग्ने झै मख्ख थिए। छेउमै एकजना आएर शिर निहुराएर भुइमै ढोगिन्, मलाइ तेति बेला सम्म केही वास्था भएन तर उनी मेेरै अगाडि आएर बोले पछि झुरलुक्क हेरे। "म यहाँ बस्छु ल?"म बसेको बेन्चमा देखाउदै उनी बोलिन्।म नाइ भन्ने खालको एकलकाटे पनि थिइन,तर अरु सबै बेन्च खालि नै छन् त भन्ने सोच्दै थिए उनले बोलिन, "यो मेरो मन पर्ने ठाउ हो ,यहाँ बाट मन्दिरको गजुर मा ठोक्किएपार सिधै सुर्यले अगालेको छितिजमा पुगिन्छ जस्तो लाग्छ मलाइ।" हरियो पछ्यौराले टाउको छोपेकि म ...

सम्मोहन

 " ए ,कस्केलि जाडोले ठ्याम्मै हिड्न सकिएन, मकैखोले का' बसेर एक गिलास सुरुप्प तान्न परो हिड त।" दामोदर ले कस्केलिलाइ घिसारे। गाउको एकजना बितेर, मलामि आएका थिए दामोदर र कस्केलि माइला। छोट्याएर  कस्केलि  भन्थे सबै जनाले।  कस्केलि 80 बर्सका थिए,खुइलो टाउको,कालो वर्ण,कछाड बेरेका,खुइलिएको कमिज कमिज बाहिर महेन्द्रको पालाको इस्टकोट, हरिया म्यादि प्रहरिका जुत्ता,जुत्ताबाट दुइतिरै निस्केका कुटि परेका कान्छि अौला ।झट्ट हेर्दा हरेक नेपालि ग्रामिण जेस्ठ नागरिकका प्रतिबिम्ब देखिन्थे कस्केलि बुडा। दामोदर भने गोरा,पुट्ट भुडि निस्केको,सर्ट र टेरिकटनको प्यान्ट लगाएका,खल्ति भरि बिजुलि चुरोट र खुट्टामा गोल्ड स्टारका जुत्ता, यिनका छोरा साउदि कतार छन भनेर जो कोहिले अड्कल लगाउन सक्थयो। " घाम अस्ताइ सके, झरि पर्न ठिक्क परिच, भोलि आफ्नो बिहानै अल्झेबारिमा हल नार्न छ,केको भट्टि चाहार्नि हो फेरि" कस्केलि कड्किए।  "ह्या,हिड हो दशै मिलेटमा जाम्ला," दामोदरले कस्केलिलाइ भट्टि तिर घिच्याए। मकैखोलेकि बुडिले दुइजनालाइ बाहिरको बेन्चिमा बसालिन र स्टिलको गिलास अनि साधेका भट्ट टकारिन्। माद...

पिशाबको न्यानो

  "साले भोलि सम्ममा मेरो पैस तिरिसन् भने तेरो टाउको गिडेर फाल्दिन्छु।"एका बिहानै फोनमा एकजना करायो।"को होस् त? " भनेर सक्न नपाउदै फोन काट्यो।कस्ता कस्ता bluff कल आउन थालेका भन्दै गनगनाए।नम्बर हेरेर त डाइल गर्न पर्छ भनेर झोक चल्यो,उषा के भयो भन्दै भित्र छिरि।केही हैन जा न चिया लेरा आ,भनेर अर्हाए।हाम्रो बिहे भएको 10 बर्स भैसकेको थियो,कलेज पढ्दा मन पराएर भगाएको।हाम्रो प्रेममा कुनै अबरोध नभए पनि सन्तान प्राप्ति भने भएको थिइन।"9 बजे पनि के चिया हो" भन्दै कप अगाडि ल्याएर टकारि। "हैन मलाइ यो lemon tea खाएर पेट ढुस्स हुन्छ नले भन्या हैन?"मलाइ लेमन टि खाएपछि कस्तो अप्ढेरो हुन्थ्यो,उसालइ फेरि कसले लेमन टि खुवाए पेट ठिक हुन्छ भनेर सुनाइदिएछ। "भर्खर चिया खाको ,अब भात खाइहाल्न पर्ने ,सधै यस्तै यहि भएर हो के मेरो ज्यास्ट्रिक बढेको।"दूध सग भात मुछ्दै गर्दा सोचे।फेरि उसाले कति माया गर्छे मेरो,दूध मन पर्छ भनेर सधै 2 km हिडेर दूध लिएर आउछे। खाना खाएर अफिस हिड्न लाग्दा टिफिन बोकेर आइ,उषा तानेर अगालो हाले,"कस्तो मोटाइकि हो के यो,हेर पेट पनि लागेछ ...

निलो रगत

[कालिकोट.पिलि बजार.वि.स.2060  ]                            भर्खर फोन गरेर आएको थिए,छोराले बाबा! आउदा मलाइ नि बन्दुक ल्यादिनु है भन्दै थियो।मन चिसो भयो,सकुन्तलाले रोएर झन मनोबल कम बनाएकि थिइ।अस्ति भर्खर ambush मा परेर बाचेको कसले सुनाइदिएछ,त्यो रोएको सुनेर मर्छु कि भन्ने डर पलाइ सकेको थियो। हाम्रो क्याम पिलिको भिरमा थियो,भिरको तल पट्टि तिला नदि सुसाइरहन्थयो।ढुङ्गामा बसेर चुरोट सल्काए,तिला नदिको अनन्त बगान देख्दा नि रहर लाग्थयो,आफ्नो ज्यानको ठेगान नभएर होला।जनयुद्ध सुरु भएको दस बर्स भैसकेको थियो भर्ति भएका कति साथि आफ्नै अगाडि गोलि खाएर लडेको देखे,सधै पन्जा लडाइमा जित्ने जोडाहरु हात चुडाएर घर फर्के,दौडमा कहिल्यै दोस्रो नहुने बैसाखिका साहारा भए।सिपाहिको जिन्दगि न रैछ,महत्वहिन,आत्मा विहिन,दया गर्न नमिल्ने,आफ्नै भाइलाइ समेत गोलि हान्न जायज भएको,4 बर्सको छोरोलाइ पेटभर काखमा लिन नपाएको एक बाध्य यन्त्रिक बस्तु जुन अरुको इसारामा चल्छ। "कर्णेल साब को सवारि भयो, सामेल !!"भनेर सुब्दार साब कराए।बुढा कपाल फुले पनि जोसिला थिए।म...

बिलिन

झल्यास्स बिउझिए,भित्ताको  घडिमा ठिक 2 बजेको रहेछ।पहिलो पल्ट जिन्दगिमा शरीर हलुङ्गो भए झै भयो।निद्रा पनि लागेन,उठेर बरान्डातिर लागे।सधेै कापिरहने हात आज स्थिर देखिए,टाउको पनि आज भारि थिएन। सारदा को याद आयो  एक्कासि ,उसले  सन्सार छाडेर गएको 9 बर्स भेैसकेको थियो।त्यस पछि निकै एक्लिएको थिए,छोरा बुहारि काठमान्डौमा बस्थे,छोरी ज्वाइँ अमेरिका पुगिसकेका थिए। ब्लड प्रेसर बडेर हो कि चक्कर आइराखे झेै हुन्थयो।हिजो आफ्नै जन्मदिन थियो,कोहि आएनन् फेसबुकमा हजारौ शुभकामना देखिए पनि। साझ एक्लै बसेर खुब रक्सि पिएको थिए तर पनि अहिले त्यस्तो ह्याङमा भने थिइन। बरान्डाको सोफामा थ्याच्च बसे,चुरोटको तलतल लागिसके पनि लिन जान झ्याउ लाग्यो। चाउरिनै लागेका हातमा नजर गए,हातको अौठिले नजरलाइ स्मरणमा पुर्यायो।सारदाको त्यो सेतो अनुहार याद आयो,बिहे पछि कराइ राख्थे।म मरेपछि पाउनु होला के सुख भनेर सराप्थि,झस्स सम्झिए।मुन्टो बटारेर आकाश तिर हेरे,थु्प्रै तारा थिए तर पनि नजर जुनबाट हटेन।सारदा र म हाम्रो किशन जन्मिदा ताका सुजरल्याड गएका थियौ,तालको छेउमा ,हरिया डाडाहरु बिच सानो फार्म हाउसमा बसेका थियौ।यसरी नै राति...

ठुुलिाआमा

“ए ठुल्या,"भनेर बोलाउदा " होइ" भनेर खिसिक्क हासिन् बुढिमाऊ। “आइजो बस्,कहिले आईश त कान्छा?” “हिजै आको ,असार गर्न पर्यो नि ।तिम्रा हिला पस्यौ?” “हाम्रो कति नै छ र,ठुला कान्छा सग परेलि लगा छ ,एक हल चाहि बेसाएर रोप्न पर्ला।” यति भन्दै भित्र पसिन।हाम्रि हजुरआमा कि साथि थिइन,ठुलिआमालाई सहजिकरणले ठुल्या बनाको थियो।ठुलिआमाको अनुहारले छुट्टै दर्दनाहट झल्काउथ्यो।76 बर्सको त्यो अनुहार चाउरिएर मुजा परेका थिए,आधा मात्रै बचेका कपाल सबै फुलेर सेतै थिए,कानका मु्द्रिले लोति तुरलुङ्ग पारेका थिए,अौशि पुर्ने कुर्नु पर्थ्यो ती हासेर बचेका दुई चार वटा दात देख्न।बिधवा भएर पनि होला कुनै रङ देखिन्थेन उनको अनुहारमा।।सुतिको फरिया प्राय एउटै हुन्थयो उनको,फेर्नलाइ अरु थिएनन् होला पनि।भित्रबाट स्टिलको गिलास र ठेउको(चकटि)बोकेर आइन। “ला,तातो दूध पि।दिनभर बाउसे गर्ने मान्छे आत दह्रो हुन पर्छ।” ठेउको तानेर बसे पिढिमा।स्याखु आोढेर आएको थिए पालिमा झुन्डाए।झरि परिरहेको थियो ,मकै झ्याम्मिएर एसै घरहरु छेकिन्थे,दिनभरको थकान त्यमाथि ठुलिआमाको त्यो जिन्दगिले पिल्सिएर निराशाको डिलमा पुर्याएको अनुहार।मनमा छुट्टै न...